काठमाडौँ– नेकपा (माओवादी केन्द्र) ले सरकारको तर्फबाट सङ्घीय संसद्मा पेश हुने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको छलफलमा सक्रियतापूर्वक सहभागी हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा संसदीय दलका नेतासमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम र […]