काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीका नेता कार्यकर्तालाई आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन्। केन्द्रीय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका हुन्। उनले भने, ‘अब पार्टीको परिचालन र ध्यान आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा केन्द्रित हुनुपर्छ। अरूमाथि भरोसा गरेर चल्ने होइन। चुनावमा उम्मेदवार बन्न नसके पनि पार्टी प्रतिनिधिको भूमिका निर्वाह गर्न डमी उम्मेदवार ब