काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धेरैजसो कोरोना सङ्क्रमितको नि:शुल्क उपचार गरिरहेको दाबी दोहोर्याउनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा सेनाकाे मुख्यालय भद्रकालीमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो सरकारले धेरैजसो सङ्क्रमितको उपचार निःशुल्क गरिरहेको, निःशुल्क खोप अभियानलाई पनि निरन्तरता दिइरहेको, जबकि कतिपय सम्पन्न र विकसित देशहरुले पनि यस किसिमले उपचार निःशुल्क नगरेको जिकिर गर्नुभयो ।
ओलीले आउँदो चुनावभन्दा अगाडि नै सबै नागरिकलाई खोप उपलब्ध गराउन प्रयास अघि बढाएको पनि दाबी गर्नुभयो । गणतन्...