जुम्ला– कर्णालीका नागरिकलाई डेढ दशक अघिसम्म सस्तो, सुलभ र नि:शुल्क उपचार पाउनु त कल्पनै थिएन । दुर्घटनामा परी मृत्यु भएको शवको पोष्टमार्टम गर्न पनि हप्तादिन डाक्टर कुर्नुपर्ने बाध्यता थियो । राम्रो चिकित्सक र औषधिमुलो नपाएर अकालमै ज्यान गुमाउनुपर्ने कर्णालीबासीको नियतिजस्तै मात्र बनेको थिएन बाध्यात्मक स्थिति पनि थियो । अनमी र अहेवकै भरमा कर्णालीका जिल्ला अस्पताल […]