बहालवाला मन्त्रीविरुद्ध पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिएपछि रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी माहोल गरमागरम छ । यहाँ गृहमन्त्री तथा कांग्रेस प्रभावशाली नेता बालकृष्ण खाँण प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । उनलाई टक्कर दिन राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहोरा पनि चुनावी मैदानमा छन् ।