काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले मतदान गराउने जिम्मा सरकारको नभई निर्वाचन आयोगको भएको भन्दै निर्वाचन निष्पक्ष र स्वच्छ भएको बताएका छन् । एमाले सांसद लालकुमार थापाले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्न सरकारकै निर्देशनमा भएको भन्दै मंगलबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री खाँण र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहको राजीनामा माग गरेका थिए । सांसदले उठाएका प्रश्नको जवाफ दिने […]