काठमाडौं : चितवनको भरतपुर महानगरमा गठबन्धनभित्र देखिएको विवाद सल्टाउन गृहमन्त्री बालकृष्ण खाँण खटिएका छन्। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री खाँण खटिएका हुन्। पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रलाई भरतपुर महानगरको भाग परेपछि चितवन कांग्रेस असन्तुष्ट छ। केन्द्रको निर्णयविरुद्ध कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्। गृहमन्त्री खाँणले काठमाडौंमा तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै भने, ‘म भैरहवा जाने कार्यक्रम थ