काठमाडौं : सामाजिक सुरक्षा कोषले ‘स्वचालित विद्युतीय प्रणाली’मा आधारित स्वास्थ्य सेवा दिन थालेको छ। कोषले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा श्रम‚ रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले उक्त स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गरेका हुन्।यो प्रणाली शुरु भएपछि योगदानकर्ताले स्वास्थ्य उपचारका लागि ठूलो रकमको जोहो गरी स्वास्थ्य संस्था जानुपर्ने र रकम शोधभर्नाको निम्ति कागजातसहित कोष कार्यालयमा जानुपर्ने झन्झट&nbs