योगदानमा आधारित सामाजिक सुरक्षा कोषका योगदानकर्ताका लागि स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको आरम्भ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सोमबार अनलाइनमार्फत उक्त सेवाको सुरूवात गरे ।
सो सेवा सुरु भएसँगै योगदानकर्ताले उपत्यकाका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन र काठमाडौँ मेडिकल...