सामाजिक सुरक्षा कोष (एसएसएफ) ले आफ्नो सेवा सुविधालाई थप प्रविधिमैत्री बनाउने भएको छ । कोषले योगदानमा आधारित सुरक्षा सुविधा योजनाहरुको दाबी भुक्तानी र स्वास्थ्य सेवालाई थप डिजिटल प्रविधिमा रुपान्तरण गर्नेगरी स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाहको शुभारम्भ गर्ने भएको हो । कोषले हाल उपलब्ध स्वास्थ्य सुविधालाई थप डिजिटल्ली र प्रविधिमैत्री बनाउँदै योगदानदाताको कार्ड शो अर्थात् हस्पिटलमा कार्ड देखाए नै तोकिएको स्वास्थ्य उपचार गराउन पाउने व्यवस्था गर्न लागेको हो । य