नेकपा (माओवादी केन्द्र) खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी दिएका पूर्व माओवादी नेताहरू छिटो निर्णय लिन दबाब दिने उद्देश्यले निर्वाचन आयोग पुगेका छन् ।
माओवादी छाडेर एमालेमा लागेका नेताहरू टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह र गौरीशंकर चौधरी शुक्रवार मध्याह्न आयोगमा पुगेका हुन् ।
उनीहरूका तर्फबाट केही नेता तथा कानून व्यवसायीहरूले बुधवार निर्वाचन आयोग पुगेर उजुरी दिएका थिए ।
'माओवादी पार्टी अवैधानिक छ । असंवैधानिक छ । कानून, नियमावली र सिद्धान्तअनुसार छैन । हिजोको जस्तै भूमिगत र छापामार हिसाबले ...