धनगढी विमानस्थलको बाहिरी लवीमा लस्करै राखिएका फलामे कुर्सीमध्ये एउटामा थचक्क बस्छु। वैशाखे गर्मीले तातेको कुर्सीले च्वास्स पोले झैं प्रतीत हुन्छ। छेवैको अर्को कुर्सीमा झोला बिसाउँछु।
चार वर्ष पुरानो एन्ड्रोइड मोबाइलको ब्याट्री सकिएर अचल छ, यो दूरभाष …