‘वित्तीय जोखिम व्यवस्थापनमा हेजिङ रणनीतिको खाँचो’

काठमाडौं। नेपालमा वित्तीय जोखिम व्यवस्थापन र दिगो वित्तका लागि हेजिङ रणनीतिको आवश्यकता रहेकोमा सरोकारवालाले जोड दिएका छन् । गत साता अर्थ मन्त्रालयसँगको सहकार्यमा विश्व बैंकले गरेको ‘जोखिम व्यवस्थापन तथा दिगो वित्त’ विषयक दुईदिने प्रशिक्षण कार्यक्रममा हेजिङ रणनीतिको आवश्यकता र औचित्यबारे चर्चा गरिएको हो । कार्यक्रममा वित्तीय जोखिम व्यवस्थापनका लागि राष्ट्रिय हेजिङ कार्यक्रम सञ्चालनका फाइदा र महत्त्वपूर्ण कदमबारे छलफल गरिएको छ । साथै ब्याजदर, तरलता व्यवस्थापन र वस्तुको मूल्य जोखिम लगायत विभिन्न बजार जोखिम सम्बोधनका लागि वित्तीय उपकरणको समुचित प्रयोग कसरी गर्न सकिन्छ भन्नेबारे सहभागीहरूलाई अभिमुखीकरण गरिएको छ ।  कार्यक्रममा अर्थ मन्त्रालयका उपसचिव रामप्रमोद यादवले वित्तीय जोखिम व्यवस्थापन गर्न हेजिङ संयन्त्र अपनाएर हुने सम्भावित फाइदाको मूल्यांकन गर्न अर्थ मन्त्रालय विश्व बैंकसँग सहकार्य गर्न तयार रहेको बताए । ‘अनिश्चित बजार अवस्थाबाट हुने जोखिम कम गर्न परियोजनाहरूमा हेजिङ लगायत अन्तराष्ट्रिय प्रचलनमा रहेका वित्तीय अभ्यास अपनाउन आवश्यक छ,’ उनले भने ।  अर्थ मन्त्रालयका उपसचिव रामप्रमोद यादवले वित्तीय जोखिम व्यवस्थापन गर्न हेजिङ संयन्त्र अपनाएर हुने सम्भावित फाइदाको मूल्यांकन गर्न अर्थ मन्त्रालय विश्व बैंकसँग सहकार्य गर्न तयार रहेको बताए । हेजिङ जस्ता वित्तीय संयन्त्र परिचालनमा विश्व बैंकले प्रदान गर्न सक्ने प्राविधिक सहयोगका साथै बैंकका विभिन्न कर्जा उपकरणबारे सहभागीहरूले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा विश्व बैंकका वरिष्ठ वित्तीय अधिकृत फाबियो अपरेसिडो डा सिल्भाले विश्व बैंक नेपाल सरकारसँग देशको जोखिम व्यवस्थापन रणनीतिलाई सुदृढ गर्न र वित्तीय जोखिम व्यवस्थापन गर्न हेजिङ कार्यक्रम सञ्चालनमा सघाउन प्रतिबद्ध रहेको बताए । हेजिङ रणनीतिले जोखिम व्यवस्थापनका लागि प्रभावकारी औजारको रूपमा काम गर्छ भन्ने सुनिश्चितताका लागि नियामकीय ढाँचा एवं क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिए । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले व्यावसायिक परियोजनामा बजार अस्थिरता निवारणका लागि हेजिङ संयन्त्र महत्त्वपूर्ण हुने बताए । ‘यसले राष्ट्रमा अनावश्यक वित्तीय दबाब रोक्न मद्दत गर्दछ,’ उनले भने । कार्यक्रममा अर्थ मन्त्रालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, महालेखा नियन्त्रक कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल बैंकर्स संघ, नेपाल बीमा प्राधिकरण, नेपाल उद्योग परिसंघलगायत वित्तीय क्षेत्रका उच्चपदस्थ प्रतिनिधिको सहभागिता थियो ।

सम्बन्धित सामग्री

वित्त व्यवस्थापनमा सबल बन्दै स्थानीय तह

सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा स्थानीय तह क्रमिक रूपमा सबल बन्दै गएका छन् । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई सरकारकै रूपमा स्थापित गराएपछि स्थानीय तह सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सबल बन्दै गएको हो । अहिलेसम्म ७५३ वटै स्थानीय तहले स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) लागु गरेका छन् । ती स्थानीय तहले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन पद्धति (लिजा) तयार गरेका, ६४१ ले वित्तीय जोखिम लेखाजोखा प्रणाली लागु गरेको, ५७९ ले मध्यकालीन खर्च संरचना तयार गरेका, ३७५ ले राजस्व सुधारको योजना तयार गरेको र ६९ स्थानीय तहले आन्तरिक नियन्त्रण प्रणाली लागु गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सन् २०१८ यता चीनमा एक लाख ८० हजारभन्दा बढी विरुद्ध वित्तीय ठगीको आरोपमा मुद्दा

बेइजिङ, ३० जेठ । सन् २०१८ देखि चीनका सरकारी निकायले वित्तीय ठगी गरेको र वित्तीय व्यवस्थापनमा बाधा पु¥यागएको आशङ्कामा एक लाख ८० हजारभन्दा बढी व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । यस अवधिमा एक लाख १० हजारभन्दा बढी मानिसलाई अवैध कोष सङ्कलनका लागि मुद्दा चलाइएको सुप्रिम पिपुल्स प्रोक्युरेटोरेटले मङ्गलबार उल्लेख गरेको छ । एसपीपीले वित्तीय जोखिम […]

उत्पादनमूलक क्षेत्रले दिगो आर्थिक वृद्धिको आधार तयार गर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले लगानीयोग्य परियोजना उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताएका छन् । कोषको ६० औँ वार्षिकोत्सव समारोहलाई आज  भर्चुअल सम्बोधन गर्दै उनले उत्पादनमूलक क्षेत्रले मात्रै दिगो आर्थिक वृद्धिको आधार तयार पार्ने बताए । “सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्छ, यसले राष्ट्रिय पूँजी निर्माणमा सहयोग पुर्याउँछ”, उनले भने, “उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ ।&