रुस–युक्रेन युद्धबाट प्रभावित ५६२ जना नेपाली सुरक्षित स्थानमा

रुस–युक्रेन युद्धबाट प्रभावित ५६२ जना   नेपालीहरु सुरक्षित स्थानमा पुगेका पुगेका छन् ।  गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका हुन् । हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेको जनाइएको छ । युक्रेन युद्धबाट बिस्थापित भइ

सम्बन्धित सामग्री

अर्थतन्त्रले छिट्टै सही ‘ट्र्याक’ समात्ने छ

कोभिड-१९ को विश्वव्यापी संकट, रुस-युक्रेन युद्ध र इजरायल र प्यालेस्टाइनबीचको संघर्ष लगायतका कारण अहिले विश्व अर्थतन्त्र प्रभावित भइरहेको छ । सानो अर्थतन्त्र भएको नेपाल पनि यसबाट अछुतो छैन । यस्तो जटिल र विषम परिस्थितिमा मुलुकमा …

रुस–युक्रेन युद्ध झन् चर्किंदै

एक साताअघि दक्षिण युक्रेनस्थित रुस नियन्त्रित खेरसोन क्षेत्रमा रहेको नोभा काखोभ्का बाँधमा विस्फोट भएपछि दुई देशबीचको युद्ध झनै चर्किएको छ । निप्रो नदीमा रहेको उक्त विशाल बाँध भत्किँदा हजारौं स्थानीय प्रभावित भएका थिए । तर, हालसम्म पनि बाँध भत्किनुमा दुवै देशले एक अर्कालाई दोष दिँदै आएका छन् ।

‘अर्थतन्त्र जोखिमबाट उठेको छ, सुरक्षित अवस्थामा पुग्न बाँकी छ’

काठमाडौं । वितेको दुई वर्षमा नेपालको आर्थिक क्षेत्रले यसअघि नभोगेको समस्याको सामना गर्‍यो । कोभिड–१९ महामारी, त्यसलगत्तैको रुस–युक्रेन युद्ध र त्यसले ल्याएको अन्तर्राष्ट्रिय आर्थिक संकटको असर नेपाल आइपुग्दा समग्र आर्थिक क्षेत्र प्रभावित भयो । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रध्युमन पोख्रेल गत दुई वर्षलाई नेपालका लागि निकै कठिन समय मान्छन् । २०४८ सालमा […]

‘रुस-युक्रेन युद्ध अन्त्य नभएसम्म तेलको मूल्य बढ्छ’

नेपाल आयल निगमले चरम घाटा थेग्न नसकिको भन्दै प्रधानमन्त्रीको कार्यालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई इन्धन खपत घटाउन १० बुदेँ माग पेस गरेको छ । निगमको बोड बैठकले चुलिँदो घाटाका कारण इन्धन आपूर्ति प्रभावित हुनसक्ने जानकारी दिँदै खपत घटाउन सरकारले तत्काल लागु गर्नु पर्ने गरी १० बुँदे प्रस्ताव पठाउने निर्णय गरेको हो । नेपाल आयल […]

भारतले गहुँ निर्यात रोक्दा नेपाललाई कस्तो प्रभाव पर्छ ?

रुसले युक्रेनको खाद्य भण्डार ओडेसामा हाइपरसोनिक मिसाइल आक्रमण गरे यता विश्वको गहुँ बजारमा उथलपुथल आएको छ । रुस–युक्रेन युद्ध सुरू भएको महिनौंसम्म पनि विश्व बजारले गहुँको अभाव र मूल्यवृद्धिको सामना गर्नुपरेको थिएन । तर, केही साताअघि युक्रेनको ‘खाद्य भण्डार’ मानिने ओडेसामा मिसाइल प्रहार गरेयता गहुँको अभाव हुन थालेको हो ।ओडेसामा रुसले हाइपरसोनिक मिसाइल प्रहार गरेपछि त्यहाँबाट विश्वका विभिन्न देशमा हुने गहुँको निर्यात प्रभावित बनेको छ । आपसी युद्धमा फसेका रुस र युक्रेनबाट विश्वमा ह

रुस-युक्रेन युद्ध अन्त्य गर्न बुद्धको सन्देश पठाएको छु - अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले रुस-युक्रेन युद्ध समाधान गरेर शान्ति स्थापना गर्न आफूले बुद्धको सन्देश पठाएको बताएका छन् ।सोमवार होटेल याक एण्ड यतीमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री शर्माले युद्धका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको भन्दै शान्ति स्थापनाका लागि बुद्धको सन्देश पठाइएको बताए । 'हामीले त के गर्न सक्छौं र, बुद्धको सन्देश पठाइदिने हो, शान्ति स्थापना गर भन्ने हो,' शर्माले भने, 'अस्ति केही साथीहरूलाई मैले भनेको थिएँ, बुद्धको सन्देश त्यहाँ पठाइदिनुस । यहाँ अर्थतन्त्रमा गाह्रो पर्यो । उनीहरूले तत्काल युद्ध अन्त्य गर्नुपर्यो ।'अर्थमन्त्री जनार्दन शर्माले निजि क्षेत्रलाई कानुनी, नीतिगत वा प्रशासनिक जटिलता भए त्यसको जानकारी दिन आग्रह पनि गरे । उनले  कानुनी, नीतिगत वा प्रशासनिक जटिलताको समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताएका छन् ।उनले निजी क्षेत्रले अर्थतन्त्रको ७० प्रतिशत ओगटेकोले ७० प्रतिशत अर्थमन्त्रालय निजि क्षेत्र कै रहेको बताए । उनले कानूनी र नीतिगत काम केके गर्नुपर्छ त्यसको जानकरी पनि दिन आग्रह गरे । उनले लगानी ल्याउन आग्रह गर्दै सरकारले ५० वर्षको लागि जग्गा उपलब्ध गराउने बताए । उनले अहिलेको फोकस भनेको उत्पादनमुखी अर्थतन्त्र रहेको र त्यसको शुरुवात कृषिको रुपान्तरण तथा आधुनिकीकरण गर्ने,र  उद्योगसँग जोड्ने कुराबाट शुरू गर्नु पर्ने बताए ।

हालसम्म युक्रेनबाट पाँचसय ११ जना नेपाली सुरक्षित स्थानमा

रुस–युक्रेन युद्धका कारण विश्वका अरु मुलुकका नागरिक जस्तै युक्रेनमा रहेका नेपालीहरु पनि सुरक्षित स्थानमा जाने क्रम जारी रहेको छ । हालसम्म ५ सय ११ जना नेपाली सुरक्षित स्थानमा पुग्न सफल भएका छन् । रुस–युक्रेन युद्ध प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्च स्तरीय समितिका अनुसार ५११ जना नेपाली नागरिक युक्रेनबाट सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका हुन् …

रुस युक्रेन युद्ध  : तीन सय भन्दा बढी नेपाली सुरक्षित स्थानमा

लन्डन । रुस–युक्रेन द्वन्द्व प्रभावित ३ सय २ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । रुस–युक्रेन द्वन्द्व  प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकलाई मंगलबार साँझ सम्बोधन गर्दै जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिएका हुन् ।समितिका अनुसार मंगलबारसम्म २ सय ३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना र