एक साताअघि दक्षिण युक्रेनस्थित रुस नियन्त्रित खेरसोन क्षेत्रमा रहेको नोभा काखोभ्का बाँधमा विस्फोट भएपछि दुई देशबीचको युद्ध झनै चर्किएको छ । निप्रो नदीमा रहेको उक्त विशाल बाँध भत्किँदा हजारौं स्थानीय प्रभावित भएका थिए । तर, हालसम्म पनि बाँध भत्किनुमा दुवै देशले एक अर्कालाई दोष दिँदै आएका छन् ।