प्रधानसेनापतिलाई विवादमा तान्ने प्रयास भएपछि सेना बोलेको छ । केही दिन अघि अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास गर्न नहुने भन्दै प्रधानसेनापति प्रभुराम शर्माले भाषण गरेको भन्दै भ्रामक भिडियो सामाजिक सञ्जालमा देखिएको थियो ।त्यसबारेमा बोल्दै सेनाले सेनाका गतिविधिसँग सम्बन्धित तस्बिर तथा भिडियो प्रयोग गरी समाजमा भ्रम फैलाएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । शुक्रबार जंगी अड्डाले विज्ञप्ति जारी गर्दै नेपाली सेनाका गतिविधिसँग सम्बन्धित तस्बिर तथा भिडियो प्रयोग गरी संवेदनशील विषयहरु