कोभिड–१९ संक्रमणको पहिलो चरणमा नेपाली सेना स्वास्थ्य सामग्री खरिदको विवादमा अनावश्यकरूपमा तानिएको थियो । सरकारले पीपीई लगायतका स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिन निर्णय गरेको थियो । तर, समयमा ती सामग्री ल्याउन नसक्दा सेना विवादमा मुछिएको थियो ।तर, यसपालि नेपाली सेना विगतको गल्तीबाट पाठ सिक्दै त्यस्तो झमेलामा परेको छैन । यसपालि नेपाली सेना संक्रमितहरुलाई बचाउन अमृत समान मानिएको अक्सिजनको व्यवस्थापन लगायतका सेवा मूलक कार्यमा जुटेको छ ।एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौंबाट