भूकम्प, बाढीपहिरो, कोभिड र कमजोर आन्तरिक व्यवस्थापनका कारण १० वर्षदेखि अस्तव्यस्त बनेको सिन्धुपाल्चोकको १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाले आगामी असारअगावै बिजुली उत्पादन गर्ने तयारी गरेको छ । चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रवर्द्धक रहेको मध्य भोटेकोसीको व्यवस्थापन सुधार्न डेढ वर्षदेखि प्रयास गरिएको थियो । अब भने निकट भविष्यमै विद्युत् उत्पादनको तयारी भइरहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल शिवाकोटीले बताए ।