अम्बे स्टिलमा जोडियो थप १७.५ मेगावाट बिजुली

नेपाल विद्युत् प्राधिकरणले खपत गरेर बढी भएको बिजुली भारत निकासी गर्न थालेको छ । शनिबार मध्यरातदेखि कालीगण्डकी ‘ए’ को १४० मेगावाट बिजुली भारत निर्यात भएको छ ।  प्रति युनिट रु १९ मा बिजुली भारत पठाइएको छ । त्यसका अलावा देशभित्रै पनि बढी बिजुली खपत गर्ने उद्योगलाई एकपछि अर्को गर्दै बिजुली उपलब्ध गराउन थालिएको छ । सोही क्रममा आज मात्रै नेपाल विद्युत् प्राधिकरणको कोहलपुर वितरण केन्द्रले बाँकेमा रहेको अम्बे स्टिललाई १७.५ मेगावाट बिजुली उपलब्ध गराएको छ । यसअघि सो उद्योगले आठ मेगाव

सम्बन्धित सामग्री

जनार्दनको प्रतिस्थापन बजेटको प्रतिफलः फलामे डण्डीको भाउमा ‘रेकर्ड ब्रेक’

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको प्रतिस्थापन बजेट ल्याउँदा स्पञ्ज आइरन र बिलेटको आयातमा गरेको भन्सार दरको फरक फरक व्यवस्थाले अहिले फलामे डण्डीको भाउ अचाक्ली बढाएको छ । ६ वटा उद्योगको ‘मनोमानी’ले गर्दा बजारमा प्रतिस्पर्धा हुन नसकी फलामे डण्डीको भाउ १३५ रुपैयाँ प्रतिकिलो पुगेर इतिहासकै महँगो भएको छ ।तर, स्पञ्ज आइरन ल्याएर फलामे डण्डी उत्पादन गर्ने उद्योगीहरु भने रुस र युक्रेनको युद्धले स्पञ्ज आइरनको मूल्य अन्तराष्ट्रिय बजारमै बढेको बताउँछन् । यद्यपी, यथार्थ भने फरक छ । किनकी, बजेटमार्फत अर्थमन्त्री शर्माले स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तशुल्क छुट दिएपछि अरु उद्योगीहरुले विरोध जनाए । आफ्ना प्रतिस्पर्धी तर बिलेट ल्याएर फलाम उत्पादन गर्ने उद्योगीहरुले विरोध जनाएपछि अर्थमन्त्रीले निर्णय फिर्ता लिन सक्ने भन्दै त्यतिबेला ६ वटा उद्योगहरु (साहिल अग्रवालको जगदम्बा स्टिल, बिष्णु न्यौपानेको सर्वोत्तम स्टिल, बिष्णु न्यौपानेको दाईको अम्बे स्टिल, यहीँ समूहका अन्य उद्योगीका अशोक, नारायणी स्टिल)ले लाखौ टन स्पञ्ज आइरन ल्याएर राखे । उनीहरुले रुस–युक्रेन युद्धले मूल्य बढाएको स्पञ्ज आइरन आयात नै गर्नुपरेन । तैपनि, पहिल्यै ल्याएको स्पञ्जलाई अहिलेको भाउमा ल्याएको भनेर ती ६ उद्योगहरुले मनलाग्दी भाउ बढाए । जसको कारण निर्माणको सिजनमै निर्माण व्यवसायीहरुले ‘कन्ट्रक्सन होलिडे’ मनाउनुपर्ने अवस्था आयो ।‘स्पञ्ज ल्याउनले भन्सार पनि तिर्नुपरेन, अन्तशुल्क पनि तिर्नुपरेन, हामीलाई दुबै लाग्यो’ एक जना बिलेट ल्याएर फलाम उत्पादन गर्ने उद्योगी भन्छन्, ‘उनीहरुले भन्सार नतिरी ल्याएको बस्तुसँग हामीले भन्सार तिरेर ल्याएको बस्तुले प्रतिस्पर्धा गर्न सक्ने कुरा भएन, त्यहीँ भएर हामीले ल्याएनौँ । त्यसपछि उनीहरुसँग बजारमा प्रतिस्पर्धा गर्ने कोही भएनन्, कम्पिटिटर्स नभएपछि जे गरे पनि भयो नि ।’न रोजगारी बढ्यो, न ब्यापार घाटा घट्योअर्थमन्त्रीले आफ्नो व्यक्तिगत लाभ हेरेर ल्याएको व्यवस्थाले अहिलेको अवस्था आएको स्पञ्ज आइरन आयात गरेर डण्डी उत्पादन गर्ने उद्योगीहरुको दाबी छ । उद्योगीहरु विष्णु न्यौपाने, साहिल अग्रवाल लगायतले स्पञ्ज आइरनमा अन्तशुल्क र भन्सार शून्य गर्दा ४० अर्बको आयात प्रतिस्थापन हुने, २० हजार रोजगारी थपिने र दैनिक ५ सय मेगावाट विद्युत खपत हुने दाबी गरेका थिए । अर्थमन्त्रीले सोही सुझाव मानेर स्पञ्ज आइरनमा भन्सार दर र अन्तशुल्क शून्य बनाईदिए ।यसअघिःसाहिल अग्रवालको समूहलाई पोस्न अर्थमन्त्रीले कर्मचारी र उद्योगीलाई यसरी ढाँटेतर, चालु आर्थिक वर्षको १० महिना स्टिल उद्योगमा १० जना पनि थप कामदार थपिएका छैनन् । बिजुलीको खपत बढ्ने दाबी पनि ‘झुठो’ सावित भएको छ । किनकी, प्राधिकरण हिउँद महिनामा माग अनुसारको बिजुली दिन सक्ने अवस्थामा नै छैन । ४० अर्बको ब्यापार घाटा प्रतिस्थापन हुने दाबी गरिएपनि चालु आर्थिक वर्षको चैत्रसम्म मात्रै १ खर्ब २७ अर्ब ६७ लाखको फलाम तथा स्टिल आयात भईसकेको छ । बैशाख मसान्तसम्मको तथ्यांक आउँन बाँकी छ । असार मसान्तसम्म पुग्दा चालु आर्थिक वर्षमा पनि फलाम तथा स्टिलको आयात डेढ खर्ब नाघ्ने निश्चित छ ।गत आर्थिक वर्ष २०७७÷०७८ मा १ खर्ब ५३ अर्ब १९ करोड २५ लाख रुपैयाँ बढीको फलाम तथा स्टिल आयात भएको थियो ।पूर्व अर्थराज्यमन्त्री डा. रुप ज्योति, उद्योग वाणिज्य संघका उपाध्यक्ष अञ्जन कुमार श्रेष्ठ, पूर्व उपाध्यक्ष प्रदीप कुमार श्रेष्ठ, किरण प्रकाश साखःलगायतले स्पञ्ज आइरनमा अन्तःशुल्क छुट गर्ने निर्णय विश्व व्यापार संगठनको सिद्धान्त विपरित हुने दाबी गर्दै आएका छन् ।