कालिमाटी फलफुल तथा तरकारी बजारमा अब किसानका स्टल समेत रहने भएका छन्।
हाल बजारमा व्यापारीका मात्रै स्टल रहँदा उपभोक्तालाई बढी मूल्य पर्ने गरेको तर किसानले उचित मूल्य नपाउने समस्या रहेपछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसानका स्टल रहने व्यवस्था गर्न लागेको हो।