गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन महानगरको डोजर

काठमाडौं महानगरपालिकाले गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाउन डोजर चलाएको छ । अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउन महानगरपालिकाले डोजर चलाएको हो । महानगरले अवैध संरचना हटाउनेदेखि डिजिटल होर्डिङ बोर्ड हटाउने जस्ता कार्यलाई तिव्रता दिएको छ । महानगरपालिकाले आइतबार पनि कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको थियो । यस्तै कर नतिर्नेलाई करको दायरामा ल्याउने जस्ता कार्यलाई पनि महानगरपालिकाले तिव्रता दिएको छ । 

सम्बन्धित सामग्री

गोंगबु बसपार्क क्षेत्रमा महानगरको डोजर

२० भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको गोंगबु बसपार्क क्षेत्रमा रहेका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रको अवैध संरचना हटाएको महानगरले सोमबार गोंगबु बसपार्क क्षेत्रका अनधिकृत संरचना हटाउन थालेको हो । काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना र फुटपाथ मिचेर बनाइका संरचना हटाउने काम भइरहेको […]