काठमाडौं महानगरपालिकाले एक सय बढी अवैध संरचना डोजर लगाएर भत्काएको छ । कामपाले आइतबार र सोमबार महानगरका विभिन्न स्थानमा बनाइएका संरचना भत्काएको हो । कामपाले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरु गरेको थियो । सोमबार नयाँ बसपार्कबाट गोङ्गबुतर्फ २० मिटर अगाडि मित्रनगरमा रहेको ५० बढी अवैध संरचना भत्काइएको कामपाले जनाएको छ । यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका सटर, टहरा, सटर अगाडिका छत र सडक मिचेर बनाइएका भ¥याङ रहेको कामपाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए