अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनका साथै आतिथ्य सत्कार हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन तथा प्रवद्र्धनमा सक्रिय प्यासिफीक एशिया ट्राभल एसोसिएशन ९पाटा० नेपाल च्याप्टरले हस्पिटालिटीलगायत विभिन्न विषयमा तालीम दिने भएको छ ।
सम्पूर्ण नेपाली पर्यटन तथा हस्पिटालिटी व्यवसाय, विद्यालय वा संस्थामा आबद्ध असीमित प्रयोगकर्ता तथा सरोकारवालाले प्रयोग गर्न मिल्ने गरी पाटाले निःशुल्क तीन महिनाको ‘टिप्सी’ अनलाइन लर्निङ प्लेटफर्म प्रिमियम पहुँचको साथ प्रदान गर्ने तालीम अभियान शुरु गरेको हो । पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सुरेशसिंह बुडाल र टिप्सीका एशिया प्याशिफिक क्षेत्रीय निर्देशक टोनीबोल्फले नेपालको पर्यटन पुनरुत्थान अभियानलाई सहयोग गर्ने उद्देश्यले जुलाई १२ तारिख २०२१ मा ‘हस्पिटालिटी ट्रेनिङ– द रोड टु रिकभरी एण्ड बियोण्ड’ नामक साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । टिप्सी एक विश्वका सर्वश्रेष्ठ पर्यटन एवं हस्पिटालिटी प्रोफेशनल र विश्व–विख्यात प्रशिक्षकद्वारा निर्मित पाठ्यक्रमसहित पर्यटन र हस्पिटालिटी उद्योगका लागि अनलाइन शिक्षा प्रदान गर्ने एक विशिष्ट प्लेटफर्म हो । उक्त प्लेटफर्मले कम्प्लाइन्स, व्यवसाय,