सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सातमहिने शिशु र एक युवकको शव फेला परेको छ । मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा सात महिने शिशुको शव फेला परेको छ भने मलङ्गवा–७ गणेशियास्थित नहरमा अन्दाजी ४० वर्षीय एक युवकको बेवारिसे शव फेला परेको हो ।आज बिहान करिब १०ः०० बजे पोखरीमा सात महिने बालकको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यस्तै दिउँसो नहरमा माछा मार्न गएका व्यक्तिले युवकको शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो ।दुवै शवको अहिलेसम्म पहिचान खुलेको छ