पालिकामा माओवादीले खाता खोल्यो, डोल्पाको जगदुल्लाहमा अध्यक्ष–उपाध्यक्षमा विजयी

डाेल्पा – पालिकामा नेकपा माओवादी केन्द्रले जितको खाता खोलेको छ । डोल्पाको जगदुल्लाह गाउँपालिकाकाे अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार नारा सिंह रोकाया विजयी हुनुभएको छ । रोकायाले ७ सय ७० मत पाएर विजयी हुनुभयो भने प्रतिस्पर्धी नेकपा एमालेका हेमबहादुर महताराले ७ सय ४६ मत ल्याउनुभयो । उपाध्यक्षमा पनि माओवादीकै उम्मेदवार अमृता बोहोरा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । 

सम्बन्धित सामग्री

माओवादी १११ पालिका प्रमुखमा विजयी

काठमाडाैँ- नेकपा माओवादी केन्द्रले हालसम्म १११ पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ। मतगणना सम्पन्न भएका पालिकामध्ये माओवादीले तेस्रो ठूलो संख्यामा विजय प्राप्त गरेको हाे। नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारपछि माओवादीका उम्मेदवार बढी पालिकामा विजयी बनेका छन्। निर्वाचन आयोगका अनुसार हाल मतगणना भइरहेका पालिकामध्ये १२ वटाको प्रमुख तथा अध्यक्षमा माओवादीको उम्मेदवारले अग्रता लिइरहेका छन्। आयोगले […]

दाङका १० पालिका मध्ये ९ पालिकाको नतिजा सार्वजनिक

दाङ - दाङका १० पालिका मध्ये अहिलेसम्म ९ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । नेपाली कांग्रेसले जिल्लाका ५ पालिकामा अध्यक्ष/उपाध्यक्ष तथा २ पालिकामा उपाध्यक्ष जितेको छ । माओवादीले ३ पालिकामा अध्यक्ष जितेको छ भने नेकपा एमालेले एक उपमहानगरपालिकाको मेयर र दुई वटा पालिकामा उपाध्यक्ष जितेको छ । बाँकी तुलसीपुर उपमानगरपालिकामा भने मतगणना भइरहेको छ । जसअनुसार नेपाली कांग्रेसले बबई गाउँपालिका, शान्तिनगर, दंगीशरण, लमही र राजपुर गाउँपालिकामा प्रमुखमा विजयी भएको छ भने माओवादीले बंगलाचुली, गढवा र राप्तीमा विजय...

माओवादीले जित्यो सुर्खेतको चौकुने

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी प्राप्त गरेको छ। ०७५ को स्थानीय तहको निर्वाचनमा कुनै पनि पालिकामा नेतृत्व नपाएको माओवादीले यो पटक बहुमतसहित चौकुनेमा विजयी प्राप्त गरेको हो । माओवादीका खड्ग विकले ५ हजार ४७६ मत सहित पालिका अध्यक्षमा निर्वाचित भए ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि अधिकारीलाई विकले २ हजार ६२ मतान्तरले पराजित गरे । अधिकारीले तीन हजार ४१४ मत प्राप्त गरे । ०७४ मा पालिकाको अध्यक्ष, उपाध्यक्ष नै जितेको एमाले अहिले पराजित भयो । यस्तै एकीकृत सम

सिन्धुपाल्चोकका चार पालिकामा कांग्रेस, तीनमा माओवादी र एकमा एमाले विजयी

घोषित परिणामअनुसार कांग्रेसले भोटेकोसी, बाह्रबिसे, त्रिपुरासुन्दरी र हेलम्बु गाउँपालिका जितेको छ । माओवादीले बलेफी, जुगल र चौतारा साँगाचोकगढी नगरपालिका जितेको छ । एमालेले इन्द्रावती गाउँपालिका जितेको छ । जारी मतगणनामा...

बागलुङ नगरपालिका प्रमुखमा कांग्रेस विजयी

१४ वटा वडा रहेको यस पालिकामा कांग्रेसले ७, माओवादीले १, नेकपा एकिकृत समाजवादीले २, एमालेले ३,  र स्वतन्त्रबाट एक वडामा विजयी जिल्ला सदरमुकाम रहेको बागलुङ नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका बसन्त कुमार श्रेष्ठ...

रुकुम पूर्वका तीन वटै पालिकामा माओवादी विजयी

रुकुमपूर्व– रुकुमपूर्वको तीनवटै पालिकामा मत गणनाको कार्य सम्पन्न भएको छ । सबै पालिकाको मत गणनाको कार्य सकिँदा रुकुमपूर्वमा माओवादी केन्द्रले जिल्लाका सबै स्थानीय तहमा जित हासिल गरेको छ । माओवादीले भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष दुवै जितेको छ भने सिस्ने गाउँपालिकामा अध्यक्षमा जितेको छ । उपाध्यक्षमा एमाले–कांग्रेस गठबन्धनले जितेको छ ।  पुथाउत्तरगङ्गा गाउँपालिकाको […]

डडेलधुरामा कांग्रेस चार पालिकामा विजयी

डडेलधुरा– सातवटा स्थानीय तह रहेको डडेल्धुरामा छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले चार र माओवादीले दुई स्थानीय तहको प्रमुखमा जित हात पारेको छ । परशुराम नगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । अमरगढी नगरपालिका प्रमुखमा अमरगढी नगरपालिकाको प्रमुख र […]

धादिङको गजुरी गाउँपालिकामा माओवादीले जित्यो

नेकपा माओवादी केन्द्रले धादिङको गजुरी गाउँपालिकामा विजय हासिल गरेको छ । माओवादीका गणेश लाल श्रेष्ठले ६ हजार ३०८ मतका साथ विजय हासिल गरेका छन् । सो पालिकामा एमालेका राजेन्द्र विक्रम बस्नेत ४ हजार ५१ मतका साथ पराजित भए । यस्तै उपाध्यक्षमा भने काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसकी शर्मिला विसुराल ५ हजार ६९९ मतका साथ विजयी भएकी हुन् । उनले एमालेकी भगवती खतिवडालाई पराजित गरेकी हुन् ।

खोटाङका पाँचमध्ये ३ पालिकामा काँग्रेस विजयी

मत परिणाम सार्वजनिक भएका खोटाङका ५ पालिकामध्ये नेपाली काँग्रेसले मात्रै तीनवटामा जित निकालेको छ ।  दश स्थानीय तह रहेको खोटाङमा ५ पालिकाको नतिजा सार्वजनिक भएको हो । ५ मध्ये ३ स्थानीय तहमा काँग्रेस तथा एमाले र माओवादी केन्द्र १÷१ पालिकामा जित्न सफल भएका छन् ।काँग्रेसले जितेका पालिकामा साकेला गाउँपालिका, बराहपोखरी गाउँपालिका र केपीलासगढी गाउँपालिको अध्यक्षमा जितेको हो । एमालेले ऐँसेलुखर्क गाउँपालिका र माओवादीले जन्तेढुंगा गाउँपालिका अध्यक्षमा जित निकालेको छ ।

डोल्पाबाट माओवादीले पालिकामा जितकाे खाता खोल्यो

सुर्खेत : डोल्पाको जगदुल्ला गाउँपालिकाबाट नेकपा माओवादी केन्द्रले पालिकामा जितको खाता खोलेको छ। माओवादीबाट अध्यक्षका उम्मेदवार नारासिं रोकायाले ६२२ मत ल्याएर विजयी भएका छन्। उनको प्रतिस्पर्धी एमालेका हेमबहादुर महतरा सूर्य ५८५ मत प्राप्त गरेका छन्। यस्तै, उपाध्यक्षमा माओवादीकी अमृता लामाले ७५९ मत ल्याएर विजयी भएकी छन् भने एमालेकी चन्द्रावती थापा ७४९ मत प्राप्त गरिन्।