माओवादीले जित्यो सुर्खेतको चौकुने

पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी प्राप्त गरेको छ। ०७५ को स्थानीय तहको निर्वाचनमा कुनै पनि पालिकामा नेतृत्व नपाएको माओवादीले यो पटक बहुमतसहित चौकुनेमा विजयी प्राप्त गरेको हो । माओवादीका खड्ग विकले ५ हजार ४७६ मत सहित पालिका अध्यक्षमा निर्वाचित भए ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरि अधिकारीलाई विकले २ हजार ६२ मतान्तरले पराजित गरे । अधिकारीले तीन हजार ४१४ मत प्राप्त गरे । ०७४ मा पालिकाको अध्यक्ष, उपाध्यक्ष नै जितेको एमाले अहिले पराजित भयो । यस्तै एकीकृत सम

सम्बन्धित सामग्री

जाजरकोटमा शक्ति : पहिले एमालेको भर, अहिले कांग्रेस

२८ असोज, सुर्खेत । पहिलो संविधानसभामा जाजरकोटका दुवै क्षेत्र जितेको माओवादीले दोस्रोमा एउटा जित्यो, अर्को गुमायो । २०७४ मा एउटा मात्र क्षेत्र कायम भएपछि तेस्रो दलमा झरेको माओवादी जाजरकोटमा संकटमा देखिएको थियो, तर एमालेको बलमा माओवादीका शक्तिबहादुर बस्नेत सांसद चुनिए । यसपटक भने शक्ति कांग्रेसको भरमा छन् । सत्ता गठबन्धनमा माओवादीसँगै कांग्रेसको पनि दाबी थियो […]

दलहरुको चुनावी एजेन्डा : मुद्दा कि मुहार ?

काठमाडौँ : केही वर्ष अघि मात्रै प्रचण्ड नेतृत्वकै माओवादी केन्द्रले चुनावमा घर घरमा वाईफाई पुर्याउने घोषणा गरेको थियो । जुन उसको चुनावी एजेन्डा बन्यो । माओवादीले खुबै प्रचार पनि गरेको थियो । तर त्यो त्यत्तिकै सेलायो । न माओवादीले घर घरमा वाईफाई दियो । न त त्यही नाराले भनेजस्तो चुनाव जित्यो । केही वर्ष अघि […]

माओवादीले जित्यो १२० पालिका प्रमुखमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले हालसम्म १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएको ७२९ पालिकामध्ये माओवादीका उम्मेदवारले उक्त संख्यामा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् । निर्वाचन आयोगका अनुसार अब २४ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । मतगणना जारी रहेका पालिकामध्ये २ वटामा माओवादीका उम्मेदवारको […]

माओवादीले जित्यो १२० पालिका प्रमुख

काठमाडौं, ९ जेठ : नेकपा (माओवादी केन्द्र)ले हालसम्म १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।  मतगणना सम्पन्न भएको ७२९ पालिकामध्ये माओवादीका उम्मेदवारले उक्त संख्यामा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् । निर्वाचन आयोगका अनुसार अब २४ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । मतगणना जारी रहेका पालिकामध्ये २ वटामा […]

स्थानीय निर्वाचन : कसले जित्यो,कसले हार्‍यो ?

कांग्रेस र माओवादीले एक्लै लडेर जितेका पालिकाहरू कति छन् ? अनि ती दलहरूले आ-आफ्नो चिहृनमा प्राप्त गरेको मत कति छ ? यसको मसिनो विश्लेषण नगरी चुनाव कसले जित्यो र कसले हार्‍यो भन्ने निष्कर्षमा पुग्नु हतार हुन्छ ।

धादिङको गजुरी गाउँपालिकामा माओवादीले जित्यो

नेकपा माओवादी केन्द्रले धादिङको गजुरी गाउँपालिकामा विजय हासिल गरेको छ । माओवादीका गणेश लाल श्रेष्ठले ६ हजार ३०८ मतका साथ विजय हासिल गरेका छन् । सो पालिकामा एमालेका राजेन्द्र विक्रम बस्नेत ४ हजार ५१ मतका साथ पराजित भए । यस्तै उपाध्यक्षमा भने काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसकी शर्मिला विसुराल ५ हजार ६९९ मतका साथ विजयी भएकी हुन् । उनले एमालेकी भगवती खतिवडालाई पराजित गरेकी हुन् ।

नुवाकोटको ककनीमा अध्यक्ष र उपाध्यक्ष दुवै माओवादीले जित्यो

काठमाण्डाै – नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद माओवादीले जितेको छ । अध्यक्षमा सुमन तामाङ चार हजार नौ सय नौ मत ल्याएर विजयी हुनुभयो । प्रतिष्पर्धी कांग्रेसका नवराज घिमिरेले चार हजार ९८ मत ल्याउनुभयो । उपाध्यक्षमा पनि माओवादीकै मिठुमाया लामा तामाङ चार हजार एक सय ७४ मत ल्याएर विजयी हुनुभयो । प्रतिष्पर्धी कांग्रेसका प्रमिशा तामाङले तीन हजार आठ सय ३० मत ल्याउनुभयो ।

कालिकोटको पलाँता गाउँपालिकामा माओवादीले जित्यो

सुर्खेत : कालिकोटको पलाँता गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजय प्राप्त गरेको  छ। गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विष्णुबहादुर रोकायाले २२ सय ९२ मत ल्याएर विजयी भएका छन्। उनले नेपाली कांग्रेसका केशरसिंह बमलाई पराजित गरेका हुन्। बमले १ हजार ४१३ मत पाए। उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रले नै जितेको छ। माओवादीकी अलैपुरा जैशीले १ हजार ७४३ मत ल्याएर निर्वाचित हुँदा एमालेकी जलशाकुमारी बुढाले १ हजार ५९४ मत पाइन्। उपाध्यक्षका कांग्रेस तेस्रो भयो। २०७४ मा पनि पलाँतामा

रुकुम पश्चिमको सानी भेरीमा  माओवादीले जित्यो

रुकुम पश्चिमको सानी भेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका बिर्खबहादुर विष्ट निर्वाचित भएका छन्। विष्टले ६ हजार १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्। काँग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्दले ४ हजार ३२० मत ल्याएका छन्।उपाध्यक्षमा माओवादी केन्द्रकै कमला रोका निर्वाचित भएकी छन्। उनले ५ हजार ९५८ मत ल्याएकी छन्। एमालेबाट उपाध्यक्षका उम्मेदवार प्रकाश खड्काले ३४२० मत ल्याएका छन्। सानीभेरी गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेससबीच गठबन्धन थियो ।

माओवादीले जित्यो डोटीको बोगाटन फुड्सिल गाउँपालिकाको अध्यक्ष

२ जेठ, काठमाडौं । डोटीको बोगाटन फुड्सिल गाउँपालिकामा एकीकृत नेकपा माओवादीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्षमा २६ मतान्तरले माओवादीका कमलबहादुर गडसिला विजयी भएका छन् । एमालेका हस्तबहादुर बुढाले २ हजार २४ मत ल्याएर अध्यक्ष पदमा पराजित भए । कांग्रेसका दिबहहादुर बमले १ हजार ९३४ मत मात्रै पाए । उपाध्यक्षमा भने कांग्रेसले बाजी मार्‍यो […]