विदेश जानेलाई विमानस्थलमा सास्ती नदिन निर्देशन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले भिजिट भिसा र श्रमस्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सरकारी कर्मचारीले सास्ती दिने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित सम्बद्ध मन्त्रालयका सचिवहरूसँग बुधवार भएको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिनुभएको उहाँको सचिवालयले जानकारी दिएको छ । ‘भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि सेटिङ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु, गराउनु होला । जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला,’ प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै सचिवालयले भनेको छ । प्रधानमन्त्रीले पालिकास्तरसम्मै गएर वैदेशिक रोजगारी र भिजिट भिसाबारे सचेतनामूलक कार्यक्रम गर्न मातहतका निकायलाई अह्राउन श्रमका उच्च अधिकारीलाई निर्देशन दिनुभएको छ ।

सम्बन्धित सामग्री

दसैंको दिन विमानस्थलमा देखिएका तस्बिर

हरेक दिन अन्तर्राष्ट्रिय विमानस्थलमा उज्ज्वल भविष्यको सपनासहित बिदेसिने युवा युवतीको भिड लाग्छ । आज दसैंको दिन पनि श्रमको लागि विदेश जाने नेपाली विमानस्थलमा प्रसस्त देखिए । दसैंको टीका लगाएर उनीहरु विदेशीएका...

प्रचण्डलाई भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले गरे विमानस्थलमा स्वागत

काठमाडौं, ३१ असार । तीन दिने भ्रमणमा भारत पुगेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेले स्वागत गरेका छन् । उनीसँगै भारतीय उच्च अधिकारीहरू स्वागतको लागि पुगेको प्रचण्डको सचिवालयले जनाएको छ । विमानस्थलमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा […]

राणा अय्युबलाई विदेश यात्रा गर्न अनुमति

दिल्लीको उच्च अदालतले पत्रकार राणा अय्युबलाई विदेश यात्राको अनुमति दिएको छ ।अय्युबलाई अघिल्लो मंगलबार प्रवर्तन निर्देशनालयले विमानस्थलमा रोकेको थियो । उनी मुम्बई अन्तरराष्ट्रिय विमानस्थलबाट लण्डन जाने तयारीमा थिइन् ।इडीको तर्फबाट रोकिएपछि अय्युबले दिल्ली उच्च अदालतमा याचिका दर्ता गरेकी थिइन् । उच्च अदालतले अब उनको याचिका स्वीकार गरेर उनलाई विदेश जान अनुमति दिएको छ । राणा अय्युबविरुद्ध जारी लुकआउट सर्कुलरलाई मध्यनजर गर्दै इडीले उनलाई मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलमा रोकेको थियो । इडी

चिनियाँ विदेश मन्त्री वाङ यी काठमाण्डौमा

काठमाण्डाै – चिनियाँ विदेश मन्त्री वाङ यी काठमाण्डौ आइपुग्नुभएको छ । तीन दिने भ्रमणका लागि उहाँ आज शुक्रवार दिउँसो काठमाण्डौ आइपुग्नुभएको हो । भारतको नयाँ दिल्लीबाट काठमाण्डौ आइपुगेको उच्चस्तरीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीलगायतले स्वागत गर्नुभयाे ।   विमानस्थलबाट विदेश मन्त्री वाङ यी सोझै होटल द्वारिकाज पुग्नुहुनेछ । भ्रमणको दोस्रो दिन भोलि शनिवार बिहान विदेश मन्त्री यी शिवपुरी हाइकिङ जाने कार्यक्रम रहेको...

ज्याकलिनलाई विदेश जान रोक लगाइयो

२० मंसिर, काठमाडौं । विदेश जान लागेकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई मुम्बई विमानस्थलमा रोकिएको छ । उनी अभिनेता सलमान खानको ‘द–बैंग टुर’का लागि रियाद उड्ने तयारीमा थिइन् । तर, उनलाई मुम्बई विमानस्थलको अध्यागमन विभागले विदेश उड्नबाट रोकेको छ । ज्याकलिन दुई सय करोड भारतीय रुपैयाँको धोकाधडी मुद्दामा फसेकी छन् । प्रहरीका अनुसार उनी यो मुद्दाको […]

विदेश जान लागेकी ज्याकलिन विमानस्थल प्रहरीकाे हिरासतमा

कार्यक्रमको लागि विदेश जान लागेकी बलिउड नायिका ज्याकलिन फर्नान्डेजलाई मुम्बई विमानस्थलमा हिरासतमा लिइएकाे छ। ज्याकलिनविरुद्ध भारतको प्रवर्तन निर्देशनालय इडिले ‘लुक आउट’ सूचना जारी गर्दै उनलाई देश छोड्न रोक लगाएकाे हाे। विदेश जानुअगाडि फर्नान्डेजलाई इडि शाखामा अनिवार्य उपस्थित हुन जानकारी दिइएको छ। इडिले उनको बारेमा चाँडै नै अर्को सूचना निकाल्ने बताएकाे छ। प्रहरीले साेधपुछपछि उनलाई विदेश […]

विदेश जान लागेकी ज्याकलिनलाई मुम्बई विमानस्थलमा रोकियो

बलिउड नायिका ज्याकलिन फर्नान्डिजलाई आइतबार बेलुका मुम्बई विमानस्थलमा विदेश जानबाट रोकिएको छ । उनी सलमान खानको ‘द ब्याङ्ग’ टुरका लागि साउदी अरबको रियाद जाँदै थिइन् । ज्याकलिन फर्नान्डिससँग २ सय करोडको मनी लन्ड्रिङ मुद्दामा सोधपुछ चलिरहेको छ । यो मुद्दा धोका दिएको आरोपमा फसेका सुकेश चन्द्रशेखरसँग जोडिएको छ ।यसै सिलसिलामा उनलाई विमानस्थलमा रोकिएको हो । घटनाको अनुसन्धान गरिरहेका इन्फोर्समेन्ट डायरेक्टोरेट (इडी) को तर्फबाट ज्याकलिनविरुद्ध लुकआउट सर्कुलर जारी गरिएको छ । यो मामिलामा इ

तस्वीर : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विदेश जाने यात्रुहरुको भीड

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा विदेश जाने यात्रुहरुको भीड । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको निषेधाज्ञा खुकुलो भएपछि विदेशिने मानिसहरुको संख्या दिनहुँ बढेको देखिन्छ । तस्वीर : रासस

विमानस्थलमा यसरी गरिँदैछ कोरोनाको निगरानी

सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने भने पनि  विमानस्थल चाहिँ बन्द नगर्ने बताएको छ । भारत र बेलायतबाट कोरोनाको नयाँ भेरिएन्ट भित्रिएको चर्चा चलिरहेका बेला काठमाडौंको विमानस्थल कसरी चलिरहेको छ ? रातोपाटीको टोली मंगलबार त्रिभुवन विमानस्थलमा पुग्दा त्यहाँ विदेश जाने र नेपाल भित्रिनेहरुको भीड बाक्लो थियो ।मंगलबार दिउँसो जर्मनीबाट फर्केका दुईजना यात्रुलाई याक एण्ड यति होटलको क्वारेन्टिनमा पठाइयो । उनीहरुको रिपोर्टमा शंका लागेपछि कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (सिस