सरकारले बिहीबारदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने भने पनि विमानस्थल चाहिँ बन्द नगर्ने बताएको छ । भारत र बेलायतबाट कोरोनाको नयाँ भेरिएन्ट भित्रिएको चर्चा चलिरहेका बेला काठमाडौंको विमानस्थल कसरी चलिरहेको छ ? रातोपाटीको टोली मंगलबार त्रिभुवन विमानस्थलमा पुग्दा त्यहाँ विदेश जाने र नेपाल भित्रिनेहरुको भीड बाक्लो थियो ।मंगलबार दिउँसो जर्मनीबाट फर्केका दुईजना यात्रुलाई याक एण्ड यति होटलको क्वारेन्टिनमा पठाइयो । उनीहरुको रिपोर्टमा शंका लागेपछि कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (सिस