सुर्खेत : कर्णाली प्रदेशका पाँच जिल्लाका कारागारको भौतिक अवस्था जीर्ण र साँघुरा हुँदा समस्या उत्पन्न भएको छ।सुर्खेत, दैलेख, रुकुम, सल्यान र जाजरकोटमा रहेका भवनको अनुगमन गर्दा कारागारहरूको भौतिक अवस्था कमजोरसँगै कैदीबन्दीलाई सकस भएको हो। सबैभन्दा ठूलो समस्या भौतिक पूर्वाधारको क्षेत्रमा रहेको छ।कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता ध्रुवकुमार श्रेष्ठले भने, ‘प्रदेशका कारागारहरूको अवस्था र कैदीबन्दीले भोग्नुपरेका समस्या बुझ्न म कारागारको अनुगमनमा हिँडेको थिए, प्रतिवेदन तयार समेत गर्न लागेको छु