कर्णालीमा कोरोनाबाट ३९ जनाको मृत्यु

काठमाडौं। कर्णाली प्रदेशमा कोरोना भाइरसबाट हालसम्म ३९ जनाको मृत्यु भएको प्रदेश सरकारले जनाएको छ। महामारी सुरु भएयता प्रदेश सरकारले हालसम्म कर्णालीमा एक लाख २२२ जनाको पीसीआर परीक्षणमा ८,३०२ जनामा संक्रमण पुष्टि भएको छ। हाल कर्णालीमा ७६० जना सक्रिय सङ्क्रमित छन्।