नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जाने तयारीमा लागेका छन्। आज दिउँसो १ बजे पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपालले केन्द्रीय सदस्यहरुको बहुमत आफ्नै साथमा रहेको देखाउन नेताहरु आयोग जान लागेका हुन्।