जसपाका ३० कार्यकारिणी सदस्य सशरीर निर्वाचन आयोग पुग्ने

काठमाडौं, ३ असार । जनता समाजवादी पार्टीका बहुमत कार्यकारिणी समितिका सदस्य निर्वाचन आयोग सशरीर पुग्ने भएको छ । आज बसेको जसपा उपेन्द्र यादव पक्षधर कार्यकारिणी समितिको बैठकले सशरीर निर्वाचन आयोग पुगेर आधिकारिकता दाबी गर्ने निर्णय गरेको हो । आधिकारिकता दाबी गर्न ३० जना कार्यकारिणी सदस्यहरु नै नागरिकतासहित निर्वाचन आयोग पुग्ने निर्णय भएपछि जसपा विवाद रोचक […]

सम्बन्धित सामग्री

जेलबाट रेशम चौधरी निर्वाचन आयोग पुग्दा…

काठमाडौं । निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको विवाद छिनोफानो गर्ने प्रक्रियाका लागि कार्यकारिणी समितिमा रहेका सदस्यहरूको सनाखत गर्ने कार्यक्रम थियो । जसपाका एक कार्यकारिणी सदस्य रेशम चौधरी जेलमा थिए । आयोगले डिल्लीबजारस्थित चौधरीलाई राखिएको जेलमा नै टोली सनाखतका लागि पठायो । तर, चौधरीले त्यहाँ सनाखत गर्न मानेनन् । र, आयोगले उनलाई कारागार व्यवस्थापन विभागदेखि […] The post जेलबाट रेशम चौधरी निर्वाचन आयोग पुग्दा… appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आधिकारिकता पुष्टि गर्न जसपाका नेताहरु निर्वाचन आयोग पुग्दाका दृश्यहरु

काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताका लागि आज उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेता तथा सांसदहरु निर्वाचन आयोग पुगे। आयोगले पार्टीको आधिकारिकता सम्बन्धी विवाद सुल्ट्याउन जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको थियो। सनाखतको लागि नेता रेशम चौधरी पनि आयोग पुगेका थिए। डिल्लीबजार कारागारमा आयोगले सनाखत गराउन खोजे…

महन्थ ठाकुर पक्षले छुट्टै दल दर्ता गर्न सक्ने: निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गर्दै अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न भनेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको इजलासले जसपाका ५१ मध्ये ३४ कार्यकारिणी सदस्यले यादवको पक्षमा सनाखत गरेपछि त्यस्तो निर्णय दिएको छ।

सनाखतका लागि निर्वाचन आयोग पुगे रेशम चौधरी

काठमाडौं। डिल्लीबजार कारागारमा रहेका जसपाका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन्। उनी जसपाको आधिकारिकता विवाद निरुपणका लागि हस्ताक्षर सनाखत गर्न आयोग पुगेका हुन्। यसअघि आयोगले कारागारमै पुगेर चौधरीको सनाखत लिइने बताएको भएपनि पछि उनलाई आयोगमै ल्याइएको हो। चौधरीलाई प्रहरीले गाडीमा आयोगमा ल्याएको थियो। आयोग परिसरमा पत्रकारहरुसँग कुरा गर्दै चौधरीले नेताहरुसँग छलफल गरी सनाखत गर्ने निर्णय लिने बताएका छन्।

निर्वाचन आयोग परिसरबाट उपेन्द्रले भने : छिट्टै सरकारमा सहभागी हुन्छौं

काठमाडौं, ११ साउन । जनता समाजवादी पार्टी, नेपालको आधिकारिकता आफ्नो पक्षले पाउने भएपछि अध्यक्ष उपेन्द्र यादव उत्साही छन् । निर्वाचन आयोगले हेड काउन्ट गर्न जसपाका कार्यकारिणी सदस्यहरुलाई आज बोलाएको थियो । जसमा यादव पक्षमा ३५ जनाले हस्ताक्षर गर्ने बताईएको छ । यादव पक्षको संसदीय दलमा समेत बुहमत छन् । जसपाको दुवै पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई […]

‘हेड काउन्ट’ का लागि जसपाका नेताहरु निर्वाचन आयोगमा (तस्बिरहरु)

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको छिनोफानो निर्वाचन आयोगले सोमबार गर्दैछ । त्यसका लागि जसपाको कार्यकारिणी परिषदका सदस्यहरु निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगले विवाद टुंग्याउनका लागि सनाखत अर्थात हेड काउण्ट गर्दैछ । सर्वोच्च अदालतले सनाखत रोक्ने आदेश दिन अस्वीकार गरेसँगै सोमबार विवादको छिनोफानो हुन लागेको हो । सोमबार केन्द्रीय कार्यकारिणी […]

निर्वाचन आयोग पुगे जसपाका नेताहरु, सनाखत प्रक्रिया जारी

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का दुवै पक्षका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरुहरुले आ–आफ्नो पक्षमा सनाखत गरिरहेका छन्। आयोगले केन्द्रीय कार्यकारिणी सदस्यहरुको हेडकाउन्टमार्फत जसपाको विवाद टुंग्याउन लागेको हो। हाल आयोगमा दुवै पक्षको सनाखतका लागि छुट्टाछट्टै ठाउँको व्यवस्था गरिएको छ। नेताहरुको आ–आफ्नो पक्षमा सनाखत गर्ने क्रम अहिले जारी छ।

आधिकारिकता दावीका लागि निर्वाचन आयोग पुग्यो जसपाको उपेन्द्र समूह

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकता दावी गर्न निर्वाचन आयोग पुगेको छ । एक अर्काले गरेको कारवाहीमा दावी नपुगेको भन्दै निर्वाचन आयोगले जसपाका पदाधिकारी पूर्ववत् अवस्थामै रहने भनेपछि यादव पक्ष आयोग पुगेको हो ।  अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई लगायतका नेताहरु शुक्रवार आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् । केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षर सहित आयोग पुगेको जसपाका एक नेताले जानकारी दिए ।  प्रधानमन्त्री केपी...

२० जनाको नाम थपेर कार्यकारिणी समिति अद्यावधिक गर्न ठाकुरको निवेदन

काठमाडौं। जसपाका अध्यक्ष महन्थ ठाकुरले २० जनाको नाम थपेर कार्यकारिणी समिति अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। थपिएको नामावली दर्ता गराउन जसपा नेता केशव झा निर्वाचन आयोग पुगेका थिए। निवेदन दर्ता भएको छ। कानुनी प्रक्रियअनुसार आयोगमा अध्ययन भइरहेको आयोगको राजनीतिक दल सम्बन्धी शाखा प्रमुख गुरुप्रसाद वाग्लेले बताए। यता अर्का अध्यक्ष उपेन्द्र यादवले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ।