काठमाडौं उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ ।मनोहरा खोलाको पानी बस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेष गरी सुकुम्वासी बस्तीमा पानी पसेको हो । त्यहाँ रहेका केही टहरासमेत बाढीले बगाएको छ । काँडाघारीमा रहेको प्रहरी प्रभाग र केही बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ ।भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित निलापुल नजिक मनहरा खोलाले ४ वटा बङ्गु