असार लागेकै दिन देशका विभिन्न भागमा बाढीको वितण्डा

असार महिना लागेकै दिन देशका विभिन्न भाग बाढीको चपेटामा परेको छ । केही दिन देखिको अविरल वर्षाका कारण कालीगण्डकी, मर्स्याङ्दी, नारायणी र तिनाउ लगायतका नदीमा बाढी आएको छ । म्याग्दी, पर्वत, बाग्लुङ लगायतका जिल्लामा परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वत, गुल्मी र स्याङ्जाको संगमस्थल सेतीवेणी डुबानमा परेको छ । गुल्मी, स्याङ्जा र पाल्पाको संगमस्थल रुरू क्षेत्रमा पनि बाढीको सतहमाथि पुगेको छ । मर्स्याङ्दी नदीमा आएको बाढीका कारण मनाङको ताल गाउँमा केही घरमा क्षती गरेको छ । लघु जलविद्युत केन्द्रमा क्...