अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २ सय ५० जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरूमा सबैभन्दा धेरै पक्तिका प्रान्तका रहेका छन्। यसैगरी, १ सय ५० जनाभन्दा धेरै घाइते भएका अफगानी मिडियाले जनाएका छन्। मिडियाका अनुसार अफगानिस्तानकाे खाेस्त सहरभन्दा करिब ४४ किमि टाढा केन्द्रबिन्दु भई ६.१ रेक्टरकाे भूकम्प गएकाे हाे। भूकम्पकाे धक्का अफगानिस्तानकाे राजधानी काबुल र पाकिस्तानकाे […]