पैसा हराएको दशैं !

‘दशैं आयो, खाऊँला पिऊँला, कहाँ पाउँला, चोरी ल्याउँला’ भन्थे । तर यसपालाको दशैं बजारमा बजारको रौनक छैन । किनकि मानिसहरूको हातमा पैसा छैन । हो, कसै कसैसँग चिनी किन्ने पनि पैसा त छ । तर बजारमा चिनी नै छैन । बजारमा खसी, बोका लगायत अरू थुप्रै सामान त छन्, तर मानिसहरूसँग पैसा नै छैन । पैसा हुनेसँग रहर छैन, किनकि तिनका छोराछोरी विदेशतिर छन् । तर बजार त बजार नै हो । मानिसहरू आइरहेका छन्, गैरहेका छन् । गाडी, मोटरसाइकल खडा छन् । तर सबैले भनिरहेका छन्, ‘बजार सुस्त छ ।’  पसलेहरू पनि सुस्त छन् । भलै पसलेहरू आआफ्नो ठाउँमा उछलकुद गरि नै रहेका छन् । तर सामान कट्दैन । सामान कटोस् पनि कसरी ? सामान किन्नेहरू कि त मुग्लिन कटिसके, कि मुग्लान, हिँडेर, गुडेर वा उडेर ।  व्यापार कस्तो छ भनेर कसैले सोध्यो भने पसले साहुजी घाटे वैद्यले झैं फ्याट्ट जवाफ दिन्छन्, ‘अलिअलि चलिराछ ।’ अर्थात् व्यापारको मुटुको धड्कन बाँकी नै छ, मरिसकेको छैन । तर मर्ने तरखरमा छ । व्यापार रफ्तारमा चल्नुपथ्र्यो, अर्थात् दौडनुपथ्र्यो । तर अहिले दौड प्रतियोगिता चलिरहेको छैन । अहिले त प्रौढ प्रतियोगिता पो चलिराछ ।  देश नै प्रौढले मात्रै चलाउने भएपछि कहाँ दौडन सक्छ त ? प्रौढको चल्ने भनेकै थुतुनो हो । हातगोडा त लर्बराइहाल्छ । अर्थात् चालमा सुस्ती छ । मन्दी छ । यो मन्दी भन्ने चीज पनि अचम्मको जन्तु छ, कहाँ कहाँबाट आउँछ आउँछ । वास्तवमा व्यापारलाई दौडिनका लागि बाटो बनाइदिनुपर्ने जन्तुहरू उग्राएर बसेका कारण व्यापार दौडिन सकेन । मन्दी कसरी हट्छ त अब ? जब बजारमा पैसा आउँछ । पैसा कहाँ गाथ्यो र आउनलाई ? त्यो त अर्थमन्त्री र गभर्नरलाई सोध्नुपर्छ, सरकारलाई सोध्नुपर्छ । बजारमा चिनी, दाल लगायतका वस्तुको माग बढिरहेको छ । त्यसैले यसको भाउ पनि बढिरहेको छ । यो ‘माग’ र ‘भाउ’को सम्बन्ध पनि बाँदर र खम्बाको जस्तो पो देखिन्छ । बाँदरले खम्बा पायो कि उक्लिहाल्ने भने जस्तै कुनै चीज बजारमा अभाव छ भन्ने बित्तिकै त्यसको भाउ पनि स्वाट्टै माथि उक्लिहाल्ने । भनिन्छ– बजारमा चिनी, दाल लगायतका वस्तुको माग बढिरहेको छ । त्यसैले यसको भाउ पनि बढिरहेको छ । यो ‘माग’ र ‘भाउ’को सम्बन्ध पनि बाँदर र खम्बाको जस्तो पो देखिन्छ । बाँदरले खम्बा पायो कि उक्लिहाल्ने भने जस्तै कुनै चीज बजारमा अभाव छ भन्ने बित्तिकै त्यसको भाउ पनि स्वाट्टै माथि उक्लिहाल्ने । वास्तवमा अभावमा त अभाव पो बढ्नुपर्ने थियो, यो भाउ(व) चैं किन बढ्नुपर्ने हो, मैले बुझ्या छैन । तर यो भाउको प्रभाव यस्तो देखिन्छ कि जब भाउ चढ्छ, ग्राहकहरू पसल पसलबाट तल ओर्लन्छन् । जब भाउ उकालो लाग्छ, तब आकाश नै छुन खोज्छ, मानिसहरू पनि भाउलाई हेर्न मन लागे आकाशतिर हेरे हुने हो । तर उनीहरू चिन्तित हुँदै सरकारतिर पो हेर्छन् । सरकार पनि के कम ?  सर्वसाधारण चिन्तित भएको देखेर सरकार पनि चिन्तित हुन शुरू गर्छ । मान्छे चिन्तित हुँदा त थाहा पाइन्छ । तर सरकार चिन्तित कसरी हुन्छ मैले देख्या छैन । तपाईंले सरकारलाई चिन्तित भा देख्नु भा छ र ? सरकार चिन्तित भो भने के गर्छ हँ ? टाउकोमा हात राख्छ कि पेटमा ? कि सरकार पीरैपीरले नीलोकालो हुन्छ ? शायद सरकार चिन्ताले कालो हुँदै गर्दा सामानहरू पनि कालो बजारमा पुग्ने रहेछन् । तर यो कालो बजार भनेको चैं कस्तो हुन्छ, यो पनि मलाई अलि ज्ञान भएन । किनकि बजार कालो भने पनि त्यहाँ चारैतिर उज्यालो नै उज्यालो देखिन्छ । कालो धन भन्छन् । तर मैले चाहिँ सबैको धन वा पैसा चम्किलो नै देखिरहन्छु । कि मेरा आँखा बिग्रिए ? पैसा त पैसा हुन्छ, त्यसलाई कालो किन भनेको होला ? अनि कोही खैरो धन र सेतो धन पनि भन्छन् । धन भनेको धन मात्रै होइन र भन्या ? यसको पनि जात र रङ हुन्छ र ? धन बोल्दा सत्य चुप रहन्छ भन्छन् । त्यसो भए सत्य खोज्न काहाँ जाने त ? कतिपय शब्दहरूको अर्थ बुझ्न नसकेर म कहिलेकाहीँ रनभुल्लमा पर्छु । जस्तै, हिजोआज धेरै व्यापारीलाई टाट पल्ट्यो भन्छन् । यो भन्या के हो ? व्यापारीको पसल वा गोदाममा बिछ्याइएको टाट उल्ट्यो भन्या हो वा के हो ? हैन यदि व्यापारमा धेरै घाटा लागेर बर्बाद भयो भन्न खोजेको हो भने व्यापारिक नेताहरूबाहेक अरू व्यापारीले आफू टाट पल्टेको स्वीकारै गर्दैनन्, बरु आत्महत्या गर्छन् ।  हो, व्यापारमा घाटा सहन नसकेर व्यापारीले आत्महत्या गरिरहेका छन् भन्ने हिजोआज खुब सुनिन थालेको छ । यो झन् नबुझिने कुरा भयो । एक त आत्मा अमर छ भनिन्छ । अमर आत्माको हत्या गर्न कसरी सकिन्छ र ? ल आत्महत्या भने पनि खासमा त्यो हत्या नै हो भने त्यसको छानबिन किन भइरहेको छैन ? देशमा कसैले कसैको हत्या गरेको छ भने प्रहरीले किन केही गरिरहेको छैन ? सरकारले किन केही गरिरहेको छैन भन्ने प्रश्न उठ्छ । प्रश्नहरू पनि उठेर के गर्नु ? प्रश्नहरू त देशमा कति उठेका छन् छन् । भुटानी शरणार्थी, सुन काण्ड, ललिता निवास जग्गा प्रकरण, कालापानी लगायत विषयमा हजारौं प्रश्नहहरू उठि नै रहेका छन् । ती सुतेका छैनन् । तर यसको उत्तर दिन सक्ने महापुरुष यो देशमा अहिलेसम्म जन्मिसकेको देखिँदैन ।  यसरी यत्रा यत्रा विषयहरू हुँदा हुँदै जाबो भाउ बढ्ने र घट्नेजस्ता प्रश्नहरूको उत्तर खोजेर कहाँ पाइन्छ त ? बरु आउनोस् विना ढेवा, विना चिनी र विना उत्तर लगायत थुप्रै अभावहरूका बीच पनि दशैं चैं भव्य रूपमा मनाउनुपर्छ है !  बडा दशैं २०८० को हार्दिक मंगलमय शुभकामना !

सम्बन्धित सामग्री

लान्द्रुकमा दशैं मेला हुँदै

पोखरा- पर्यटकीय गाउँ लान्द्रुकमा दशैं मेला हुने भएको छ । अन्नपूर्ण गाउँपालिका–७, लान्द्रुकको क्युप्चे बराह युवा क्लबले लान्द्रुक दशैं मेला आयोजना गरेको हो । क्लबको २४ औं वार्षिकोत्सवको अवसरमा कात्तिक ८ देखि १२ गतेसम्म मेला सञ्चालन हुने क्लबले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेला राखिएको […]

‘दराज दशैं धमाका’ योजना सार्वजनिक

काठमाडौं । दशैं लगायतका चाडपर्वलाई लक्षित गर्दै दराज अनलाइन सपिङले ‘दराज दशैं धमाका’ सार्वजनिक गरेको छ । ग्राहकलाई चाडपर्वको किनमेलमा सहज वातावरण प्रदान गर्ने उद्देश्यले सार्वजनिक भएको ‘दराज दशैं धमाका’ अन्तर्गत प्रयोगकर्ताले छुटका साथै विभिन्न उपहार, भौचर प्रप्त गर्न सक्ने दराजले जनाएको छ । साथै डेबिट तथा क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरी थप छुटको […]

कुमारी बैंकको ‘दशैं र तिहार, परिवारलाई उपहार’

कुमारी बैंकले नेपालीहरूको चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘दशैं र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ।...

आहा त्यो दशैं, अनि यो दशैं (चित्रकथा)

केटाकेटीहरु उन्मुक्त रमाइरहेका छन् । कोही चङ्गा उडाउँदैछन्, कोही डमरु बजाउँदैछन्, कोही लंगुर बुर्जामा झुम्मिएका छन्, कोही रिङ गुडाउँदैछन् । कति आनन्ददायक वाल्यकाल । डा. राजेन्द्र कोजुले बनाएको यो चित्रले ग्रामिण समाजमा बालबालिकाले दशैं मनाइरहेको छनक दिन्छ । चित्रमा लेखिएको छ, त्यो दशैं । अर्थात यो सुदूर अतितको स्मृति–चित्र हो । त्यसैसँग अर्को चित्र पनि […]

दशैं गीत ‘ह्याप्पी दशैं २’ सार्वजनिक

दशैं लाग्दै गर्दा यस सम्बन्धि गीतहरू भित्रिन थालेका छन् । यस्तैमा गीतकार सन्तोष पन्तले पनि दशैं गीत ‘ह्याप्पी दशैं २’ ल्याएका छन् । पन्तकै संगीत रहेको गीतमा राजु ढकाल, देवी घर्ती र रविन लामिछानेले स्वर दिएका छन् । सुनिल परियारको संगीत संयोजन रहेको गीतले गाउँ – घर जोडेको छ । गीतको भिडियोमा गीतकार पन्तसँगै शिशिर पौडेल, सुश्मा ढकाल, सन्जिता भण्डारी, रोशिका ढकाल लगायतको अभिनय छ ।मदन खड्काको निर्देशन रहेको भिडियोमा प्रकाश खड्का र अरुण न्यौपानेको छायांकन, विकास ज्ञवालीको सम्पादन

दशैं कस्तो भो?

दशैं सकिएसँगै नियमित रुपमा कार्यालय खुल्यो। १०/१२ दिनका लागि टाढा भएका साथी र सहपाठीहरुसँग भेट्ने बित्तिक्कै प्रश्न ओइरियो, ‘कस्तो भो दशैं?’...

त्यो दशैं, अनि यो दशैं !

दशैंं बाल्यकालमै रमाइलो । दशैं मात्र कहाँ हो र, सबै चाडबाडहरू बाल्यकालमै रमाइला ।  बाल्यकालमा दशैं रमाइलो हुनुका धेरै करण थिए । सधैँभरि काममा खट्नुपर्ने आमा दशैंमा हामीलाई वरिपरि राखेर मीठामीठा खाना बनाउनुहुन्थ्यो । सधैँभरि बाहिर जाने अनि डुल्ने बुवा फूलपातिदेखि घरमै बस्नुहुन्थ्यो । भाउजूहरू आँपका हाँगामा बाबियोले पोयो बुनेको पिङ्ग हालिदिनुहुन्थ्यो । गाउँभरिका साथीहरू पिङ्गमा झुमिन्थे । हामीहरू पालो पर्खेर पिङ्गमा मच्चिन्थ्यौं ।  स्कूल जान नपर्ने भएपछि दशैंंमा अर्को रमाइलो थपिन्थ्यो । स्कूल बिदा भएपछि गु...

दशैं सम्झाउने सदाबहार गीत

काठमाडौं : नेपालमा सबैभन्दा धेरै मानिसले मनाउने चाड हो दशैं। यसको धार्मिक तथा ऐतिहासिक महत्त्व भिन्नै छँदै छ। दशैं नमनाउनेहरू पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दशैंसँग जोडिएका हुन्छन्। जसरी तपाईं जोडिनुभएको छ।तपाईंलाई दशैं आएको कुरा कसरी थाहा हुन्छ? हुनत हरेक वर्ष आउने चाड हो। तै पनि अब चाहिँ नजिकै आयो है भन्ने कुरा कसरी थाहा हुन्छ? पात्रो हेरिन्छ‚ दिन गनिन्छ त्यही पनि अब चाहिँ दशैं साँच्चिकै आएछ है भन्ने महसुस कसरी हुन्छ?जब शुभबिहानी भन्दै सेतो कुहिरो आउँछ, आधा बाहुले कपडा लगाउँदा चिसो चि

यस बर्ष सांसदले पाएनन् दशैं भत्ता

१९ असोज, काठमाडौं । यसबर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुले दशैं भत्ता पाएनन् । संघीय संसद सचिवालयका अनुसार मंगलबार सांसदहरुको बैंक खातामा  असोज महिनाको मात्र तलब/भत्ता गएको छ । तर, दशैं भत्ता पठाइएको छैन । गत बर्ष दशैं भत्ता दिँदा विवाद भएको र यसबर्ष मन्त्रिपरिषदले सांसदहरुलाई दशैं भत्ता दिने वा नदिने भनी कुनै निर्णय नगरेकाले दशैंभत्ता […]

चैते दशैं : चार दशैंमध्ये कति छ यसको महत्व ?

आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं मनाइँदैछ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । संस्कृतिविद् विनोदराज शर्माका अनुसार एक वर्षमा मनाइने ४ किसिमको दशैं आफैँमा ठूलो र छुट्टै महत्वको हुन्छ । तर पनि समाजमा हुने आस्थाका आधारमा यसलाई शारदीय नवरात्र पछिको दशैंको रूपमा […]