दशैंं बाल्यकालमै रमाइलो । दशैं मात्र कहाँ हो र, सबै चाडबाडहरू बाल्यकालमै रमाइला ।
बाल्यकालमा दशैं रमाइलो हुनुका धेरै करण थिए । सधैँभरि काममा खट्नुपर्ने आमा दशैंमा हामीलाई वरिपरि राखेर मीठामीठा खाना बनाउनुहुन्थ्यो । सधैँभरि बाहिर जाने अनि डुल्ने बुवा फूलपातिदेखि घरमै बस्नुहुन्थ्यो । भाउजूहरू आँपका हाँगामा बाबियोले पोयो बुनेको पिङ्ग हालिदिनुहुन्थ्यो । गाउँभरिका साथीहरू पिङ्गमा झुमिन्थे । हामीहरू पालो पर्खेर पिङ्गमा मच्चिन्थ्यौं ।
स्कूल जान नपर्ने भएपछि दशैंंमा अर्को रमाइलो थपिन्थ्यो । स्कूल बिदा भएपछि गु...