सिसडोलका स्थानीयवासीलाई स्वास्थ्य, कृषि र पशु बिमा
काठमाडौँ महानगरपालिकाले सिसडोलका स्थानीय बासिन्दालाई स्वास्थ्य, कृषि र पशु बिमा गर्ने भएको छ । कामपाले विगत १३ वर्षदेखि सिसडोलमा फोहर थुपार्दै आएको छ । लामो समय फोहर थुपार्दा स्थानीयवासीलाई समस्या परेको भन्दै बिमा गर्ने तयारी गरेको हो ।
स्याङ्जा । सहकारीमा आवद्ध भएका शेयर सदस्यले पालेका गाई, भैसीको निशुल्क बिमा गरिने भएको छ । वालिङ नगरपालिका स्थित अकला नमुना साना किसान कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यका गाई, भैसीको निशुल्क बिमा गरिदिने भएको हो । किसानलाई फाइदै फाइदा, एक हजारले एकलाख सम्मको बिमा सहकारीमा शेयर बनेका सदस्यहरुको आयआर्जनमा महत्वपुर्ण भुमिका खेल्दै आएको अकला […]
The post निशुल्क पशु बिमा गर्दै नमुना सहकारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पाल्पा । रामपुर नगरपालिकाका नवनिर्वाचित मेयर रमणबहादुर थापाले नगरको आर्थिक समृद्धिका लागि कृषि र उद्योगलाई प्राथमिकता दिने बताएका छन् । नागरिकको आयस्तर वृद्धि गर्ने आधार कृषि र उद्योग भएकाले यस क्षेत्रलाई प्राथमिकतामा राखेर अबको पाँच वर्ष काम गर्ने उनको भनाइ छ ।
शनिवार सीताकुण्ड मिडिया प्रालिद्वारा बधाइ तथा शुभकामना आदान–प्रदानका लागि आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले कृषिजन्य वस्तुको उत्पादन वृद्धि गर्न सिँचाइ सुविधा नभएका ठाउँमा लिफ्टिङ प्रणालीमार्फत सिँचाइको व्यवस्था गर्ने जानकारी दिए । कृषि गर्ने युवालाई व्यवसायमा रु ३० लाखसम्म दुई वर्षका लागि ब्याज अनुदान, कृषक वर्गीकरण गरी सोका आधारमा बिनाधितो रु पाँच लाखसम्म अनुदान सहयोगजस्ता कार्यक्रमलाई प्राथमिकता दिइने उल्लेख गरे ।
उनी भन्छन्, ‘खेतीयोग्य जमिनबाहेक अन्यत्र स्थानमा सुन्दर बस्ती निर्माण गर्ने, बाँझो जमिनमा सिँचाइको प्रबन्ध मिलाएर हरियाली रामपुर बनाउने योजना ल्याएका छौँ, अबको पाँच वर्ष विशेषगरी कृषि, उद्योग, पर्यटनजस्ता क्षेत्रमा प्राथमिकता दिनेछौँ ।’
कृषि उपज तथा मासुजन्य, दुग्धजन्य पदार्थमा लगानी बढाई नगरलाई आत्मनिर्भर बनाउने, व्यावसायिक कृषकको कृषि तथा पशु बिमा, नश्ल सुधार, बाँझोपन निवारण, पशु उपचार घरदैलो सेवा र उत्पादनको बजारीकरणको सुनिश्चितता गर्न दुई स्थानमा कृषिबजारको स्थापना गर्ने, नगरभित्र भूउपयोग नक्सा बनाई माटो परीक्षण गर्ने र कृषि, पशु प्राविधिकको व्यवस्था गर्ने, उत्पादनमा आधारित उत्कृष्ट कृषकलाई सम्मान र प्रोत्साहन गर्दै अनुदान प्रदान गर्ने जानकारी दिए ।
साथै, उद्योगधन्दाको विस्तारका लागि रामपुर नगरपालिका–७ स्थित वीरेन्द्रटारमा औद्योगिक ग्राम स्थापनाको प्रक्रिया अगाडि बढेको जनाउँदै गत वर्ष रु २० लाखको काम भएको र यस वर्ष रु एक करोड १० लाखका लागि शुक्रवारमात्रै सम्झौता भएको नगरप्रमुख थापाले जानकारी दिए । युवाहरूका लागि रोजगारी सिर्जना गर्न सञ्चालनमा रहेको योजनालाई गति दिन ठेक्का प्रक्रिया अघि बढाएको उनले बताए । रासस
नेपालमा अहिले झन्डै दुई दर्जन बढी बिमा कम्पनी रहेका छन् । विगतमा भन्दा अहिले बिमा गराउनेको संख्या पनि बढ्दै गएको देखिन्छ । अझ कोरोनाकालमा त स्वास्थ्य बिमा गराउनेको संख्या ह्वात्तै बढ्यो । अहिले आएर पशु बिमा, कृषि बिमा, घर बिमाका अवधारणा पनि आएका छन् । नेपालमा भएका बिमा कम्पनीले अन्य क्षेत्रले भन्दा आफ्नो व्यवसायलाई कोरोना […]
काभ्रेपलाञ्चोक, १ फागुन: बागमती प्रदेशका कृषि तथा पशुुपक्षी विकासमन्त्री बसुन्धरा हुमागाईँले सबै पक्षको सहयोग भएमा स्वदेशमै रासायनिक मल उत्पादन गर्न सकिने बताएका छन् । मण्डनदेउपुर नगरपालिका–१० स्थित चण्डेनीमण्डन पशु बिमा सहकारी संस्थाको १९औँ साधारणसभा तथा भवन उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले सरकारले मकै रोप्ने समयमा मलको अभाव हुन नदिनेसमेत दाबी गरे । “यसअघि गलत […]
बिमा समितिले बिमाको पहुँच विस्तार गर्नका लागि महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामार्फत लबिङ सुरु गरेको छ । नगरपालिकाका कार्यक्रमहरुमा बिमा सेवालाई समेत समावेश गर्दा बिमा सेवाको विस्तार हुने भन्दै समितिले स्थानीय सरकारमार्फत यो अभियान सुरु गरेको हो ।सम्पति बिमा, कृषि तथा पशु बिमा र लघु बिमा विस्तारका लागि स्थानीय तहहरुको भूमिका महत्वपूर्ण हुने भएकाले विभिन्न पालिकाहरुमा […]
जुम्ला- प्राकृतिक विपत्तीबाट हुन सक्ने क्षति बराबरको राहत किसानले पाउने गरी कृषि बिमालाई अनिवार्य गरिएको हो । जुम्लाको प्रमुख नगदेबाली स्याउ, सिमी र ओखरलगायतका अन्न बालीको कृषि बिमाप्रति आर्कषण बढेको छ ।जसअनुसार जुम्लामा पछिल्लो समय कृषि बिमा गर्नेको संख्या वृद्धि भएको पाइएको छ । पशु तथा बाली बिमा गर्दै आएको शिखर इन्सोरेन्सको तथ्यांक अनुसार आव […]
सरकारले कृषि तथा बाली बिमा गर्दा प्रिमियम रकममा दिँदै आएको अनुदान वृद्धि गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसद्मा चालू आर्थिक वर्षको बजेट संशोधन गर्दै बाली तथा पशुको बिमा गर्दा प्रिमियम रकममा ८० प्रतिशत अनुदान दिने घोषणा गरेका हुन् ।सरकारले आव २०६९/०७० देखि बाली तथा पशु बिमा गर्दा ७५ प्रतिशत प्रिमियम अनुदान दिने कार्यक्रम […]