अपडेट : उद्दार उपकरण र आवश्यक बन्दोबस्तीका सामानहरु सहित उड्यो सेनाको हेलिकप्टर

काठमाडौँ । तारा एयरको विमान सम्पर्कविहीन भएपछि नेपाली सेनाको हेलिकप्टर खोजी कार्यमा हिँडेको छ । केही बेरअघि त्रिभुवन विमानस्थलबाट सेनाको हेलिकप्टर मुस्ताङका लागि उडेको हो । सम्भावित दुर्घटना क्षेत्रमा हेलिकप्टरले खोजीकार्य गर्ने बताइएको छ । हेलिकप्टर दुर्घटना भएको आशङ्का गरिए पनि अहिलेसम्म पुष्टि भइसकेको छैन । मुस्ताङको तेलेमाथि टिटि ताल क्षेत्रमा विमान दुर्घटना भएको आशङ्का […]

सम्बन्धित सामग्री

खार्कीभमा भएको अमेरिकी र युरोपेली उपकरण नष्ट गरेको रुसको दाबी

रुसी सेनाको आक्रमणको जोखिममा रहेको दक्षिणपूर्वी सहरको विशाल स्टिल उद्योग अजोभस्टलबाट थप ५० जनालाई उद्दार गरिएको छ । अझै पनि केही युक्रेनी नागरिक र सैनिकहरू रहेको अनुमान छ ।

ज्योति फाउन्डेसनको होन्डा जेनेरेटर सहयोग

काठमाडौं (अस) । नेपालका लागि होन्डा ब्रान्डका जेनेरेटर तथा अन्य होन्डा पावर प्रोडक्टको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले गैरसरकारी संस्था हिमालय उद्दार संघ नेपाललाई होन्डा जेनेरेटर सहयोगस्वरूप उपलब्ध गराएको छ । हिमालय उद्दार संघले हिमाली क्षेत्रका अति विकट एवं स्वास्थ्य सेवाको पहुँच नभएका स्थानमा स्वास्थ्य शिविरमार्फत स्थानीयलाई सहयोग गर्दै आएको छ । अक्सिजन, भिडियो एक्सरे तथा अन्य डायग्नोस्टिक उपकरण सञ्चालन गरी स्वास्थ्य शिविर सञ्चालन तथा उद्दारमा  सहज होस् भन्ने उद्देश्यले स्याकार ट्रेडिङले उक्त संस्थालाई जेनेरेटर सहयोग गरेको हो । ज्योति समूहका अध्यक्ष पद्म ज्योति, ज्योति फाउन्डेसनका सञ्चालक मीरा ज्योति, स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुहृद ज्योतिले उक्त संस्थालाई सहयोगस्वरूप होन्डा जेनेरेटर हस्तान्तरण गरे ।

सिम्रिक एयरद्वारा सुर्खेतलाई बेस क्याम्प बनाएर हेलिकप्टर सेवा शुरु

असार २३, सुर्खेत । निजी क्षेत्रको अग्रेणी हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले सुर्खेत बेश क्याम्प बनाएर हेलिकोप्टर सेवा शुरु गरेको छ ।  सिम्रिक एयर प्रालिले तेस्रो चरणको कोरोना महामारीलाई ध्यानमा राख्दै उद्दार, उपचारमा नागरिकलाई सहजता पुगोस् भन्ने उद्देश्यले सुर्खेत बेश क्याम्प बनाएर हेलिकोप्टर सेवा शुरु गरेको हो ।   कम्पनीले कोभिड एवं अन्य अत्यावश्यक विरामीका लागि आधुनिक उपकरण, दक्ष डाक्टरसँगै हेलिकप्टर सुर्खेत विमानस्थलमा तयारी अवस्थामा राखेको छ ।  कर्णाली तथा सुदरपश्चिम प्रदेशका नागरिकका लागि चाहिएका बेला सुर्खेत आसपासमा हेलिकप्टर सेवा नहुँदा काठमाडौंबाट मगाउँदा बढी समय खर्चिनुका साथै महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको थियो । तर अब कम्पनीले सुर्खेत बेश क्याम्प नै बनाएर हेलिकप्टर सेवा शुरु गरेपछि अत्यावश्यकीय कार्यका लागि प्रदेशका अन्य क्षेत्रबाट उद्दार तथा उपचारमा सहज हुनुका साथै जतिबेला पनि काठमाडौं जान सहजता पुग्ने अपेक्षा गरिएको छ ।  उक्त कम्पनीका बजार विभाग प्रमुख योगेश सापकोटाले पश्चिम क्षेत्रका नागरिकको आवश्यकता र मागलाई ध्यानमा राख्दै सुर्खेत विमानस्थलबाट हेलिकोप्टर सेवा शुरु गरिएको बताए । उनले कोरोना महामारीको पहिलो र दोस्रो चरणमा कर्णाली तथा सुदरपश्चिम प्रदेशबाट कोरोना संक्रमितसँगै अन्य विरामीको हवाई उद्दार गरिएकाले तेस्रो चरणको तयारीका लागि आवश्यक सरसमानसहित सुर्खेत विमानस्थलबाट हेलिकप्टर सेवा शुरु गरिएको बताए ।  ‘कर्णाली तथा सुदरपश्चिमका नागरिकलाई अत्यावश्यकीय हवाई सेवा लिनका लागि काठमाडौं गुहार्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘कम्पनीले आफ्नो सेवालाई कार्गोमा मात्र सीमित नराखि हेलिकप्टर मार्फत विरामी तथा अन्य अत्यावश्यकीय सेवालाई सहज, सुलभ बनाउँदै सुर्खेत बेश क्याम्प बनाएर हेलिकप्टर सेवा शुरु गरेको हो ।’ उनले सुर्खेतबाट हेलिकप्टर सेवा शुभारम्भ गरेसँगै प्रदेश सरकार एवं नागरिकलाई हेलिकप्टर सेवा लिन सहजता पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार कम्पनीले देशैभर २१४ ओटा फ्लाईट कोरोना महामारीको दोस्रो चरणमा कोभिड संक्रमितसँगै सुत्केरी उद्दारलगायतका कार्य गरिसकेको छ । सिम्रिक एयर हाल कर्णाली तथा सुदरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरुमा खाद्यान्न ढुवानीसँगै, मानवर उद्दार, सशस्त्र र नेपाल प्रहरीलगायतका आवश्यक सरसमान ओसार पसार गर्दै आईरहेको कम्पनीका बजार विभाग प्रमुख सापकोटाले जानकारी दिए ।  उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र स्वास्थ्य मन्त्रालयले तोकेका स्वास्थ्य सुरक्षा तथा सावधानीका सबै मापदण्ड पुरा गरेपछि नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको हेलिकोप्टरलाई कोरोना भाइरस संक्रमितको उद्धार गर्न एयर एम्बुलेन्स सेवाको अनुमति  दिएको बताए ।  कम्पनीले दुई  ओटा हेलिकप्टरलाई कोरोना संक्रमितहरुको सेवाका लागि छुट्याएको छ । कम्पनीसँग हाल पाँच ओटा हेलिकप्टर छन् ।

कच्ची सडकमा फस्याे ट्रक, चालकदल बाहिरिँदा पहिराेले भयाे क्षति

हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोम सामान पु¥याएर म्याग्दीको बेनीतर्फ फर्कँदै गरेको ट्रकमाथि पहिरो खस्दा क्षति पुगेको छ । आइतबार दिउँसो म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीर नजिकै घोप्टेभीरको हिलोमा फसेको ग १ क ३४९२ नम्बरको ट्रकमा खसेको पहिरोले क्षति पु¥याएको हो । बीच सडकमा ट्रक फसेपछि उद्दार गर्ने आवश्यक उपकरण खोज्न चालक र सहचालक ट्रक बाहिर निस्केको अवस्थामा पहिरो खसेर ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकोपको बेला तत्काल उद्दार र राहतको लागि प्रादेशिक गोदाम घर बनाइने

मोरङ, जेठ ११ – प्रकोपजन्य घटनामा तत्कालै उद्दार गर्न आवश्यक उपकरण र राहत सामाग्रीको बन्दोबस्त गर्न प्रदेश १ सरकारले चालु आर्थिक वर्षभित्रै ...