काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठकमा अझै सहमति जुट्न नसकेको छैन । बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँटको मापदण्डमा सहमति जुटिनसकेको एक नेताले जानकारी दिए ।
बुधबार साँझको बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार कार्यसमितिले सहमति जुटाएर मापदण्डसहितको सुझाव प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाउने बताएका थिए । तर, अहिले आजको बैठकले...