काठमाडौं : सत्तारूढ पाँच दलीय गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक अहिले बसिरहेको छ। मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको जसपाका प्रवक्ता मनिष सुमनले बताए। प्रतिनिधिसभा तर्फको सिट बाँडफाँट लगभग टुंगो लागेपछि कार्यदल प्रदेश सभातर्फ केन्द्रित भएको छ। सोमबारदेखि प्रदेश सभातर्फको बाँडफाँटमा छलफल प्रारम्भ भएको छ। प्रदेश सभातर्फ रहेका ३३० सिटमा संघको बाँडफाँटकै अनुपातलाई आधार बनाए