एसियाली युथ पारा गेम्समा सहभागी हुने नेपाली तेक्वान्दो र ब्याडमिन्टन टोलीलाई शुक्रवार बिदाइ गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले टोलीलाई सफलताको शुभकामना दिँदै सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा कार्यक्रम गरेर बिदाइ गरे ।
विभिन्न ९ खेल समावेश युथ पारामा नेपालले तेक्वान्दो र ब्याडमिन्टनमा सहभागिता जनाउन लागेको हो । तेक्वान्दोमा ३ र ब्याडमिन्टनमा १ गरी ४ खेलाडीले बहराइनको मनामामा डिसेम्बर २ देखि ६ तारिखसम्म हुने युथ पारामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
तेक्वान्दोतर्फ के–४४ क्...