काठमाडौं (हाम्रो खेलकुद) – महालक्ष्मी फिटनेस एकेडेमीले पारा तेक्वान्दो खेलाडीलाई सम्मानित गरेको छ । महालक्ष्मी फिटनेस एकेडेमीले एक कार्यक्रम गर्दै सृजना घिसिङ रन्जना धामी, राम बहादुर अधिकारी र प्रशिक्षक कविराज नेगी लामालाई सम्मानित गरेका हुन् । उनीहरुलाई महालक्ष्मी नगरपालिका ललितपुरका मेयर हरि गोविन्द श्रेष्ठ र डोजाङ प्रमुख एवं संयोजक थानेश्वर दर्लामी मगरलगायतले सम्मानित गरे । […]