नेपाल तेक्वान्दो संघद्वारा पारा तेक्वान्दो टीमलाई बिदाइ

नेपाल तेक्वान्दो संघद्वारा टोकियो पारालम्पिकमा सहभागी हुने नेपाली पारा तेक्वान्दो टीमलाई बुधवार शुभकामनासहित बिदाइ गरिएको छ । टोकियो २०२० पारा ओलम्पिक अन्तर्गत भदौ १७–१९ गतेसम्म हुने पारा तेक्वान्दो खेलमा खेलाडी पलेशा गोवर्धन र प्रशिक्षकमा कविराज नेगी लामाले सहभागिता जनाउने छन् । बुधवार संघको सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहमा नेपाली टोलीलाई बिदाइ गरिएको छ ।  संघका अध्यक्ष प्रकाशशम्शेर राणाको सभापत्विमा आयोजित समारोहमा महासचिव दीपराज गुरुङले स्वागत मन्तव्यसहित शुभकामना व्यक्त ...

सम्बन्धित सामग्री

पारा तेक्वान्दो खेलाडी पलेशा र प्रशिक्षक कविराज सम्मानित

पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र उहाँका प्रशिक्षक कविराज नेगी लामा शनिबार सम्मानित हुनुभएको छ । नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशको प्रथम अधिवेशनमा पलेशा र कविराजलाई सम्मान गरिएको हो ।

पारालिम्पिक जाने टोलीलाई पारा तेक्वान्दो समितिको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको तर्फबाट टोकियो २०२० पारालिम्पिकमा सहभागिता जनाउने पारा तेक्वान्दो टोलीलाई नेपाल तेक्वान्दो संघ अन्तर्गतको पारा तेक्वान्दो समितिले बिदाइ गरेको छ । समितिका संयोजक कासिम मियाँले आज एक कार्यक्रममाझ पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन र प्रशिक्षक कविराज नेगी लामालाई बिदाइ गरेका हुन् । मियाँले पारालिम्पिकमा तेक्वान्दोले राष्ट्रको प्रतिनिधित्व गर्दा गौरव महसुस गरेको […]