अमेरिकाले युक्रेनका लागि एक अर्ब ५० करोड डलरको नयाँ सहायता घोषणा गरेको छ । उपराष्ट्रपति कमला ह्यारिसले शनिबार रुसी आक्रमणको दुई वर्षभन्दा लामो समयपछि मुख्यरूपमा युक्रेनको ऊर्जा क्षेत्र र मानवीय सहायताका लागि उक्त सहयोग घोषणा गर्नुभयो । स्विट्जरल्यान्डको लक्जरी बर्गेनस्टक माउन्टेन रिसोर्टमा दुई दिने शान्ति शिखर सम्मेलनमा सहभागी हुनुभएकी ह्यारिसले उक्त सहायतामा ५० करोड डलर […]