एक सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा

गुल्मीको गुल्मीदरबार गाउँपालिका–६ मा कुमालटारी सिँचाइ योजनाअन्तर्गत नहर निर्माणको काम सकिएको छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय गुल्मीको आर्थिक सहयोगमा बावुल पन्थ वेष्टर्न पपुलर जेभीले निर्माणको काम सकेको हो । एक सय हेक्टर क्षेत्रफलको जमिनमा सिँचाइ सुविधा पुर्‍याउनका लागि स्थानीय जाबुने खोलाबाट ६ हजार ६५० मिटर लामो नहर निर्माण गरिएको जलस्रोत तथा सिँचाइ […]

सम्बन्धित सामग्री

स्याङ्जाका १९ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

स्याङ्जाको कुल खेतीयोग्य जमिनमध्ये १९ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पुगेको छ । पछिल्लो आर्थिक वर्ष २०७९/०८० को तथ्यांकअनुसार जिल्लाका खेतीयोग्य ५२ हजार हेक्टर जमिनमध्ये ३६ दशमलव ५४ प्रतिशत अर्थात् १९ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको हो । सिँचाइ सुविधा पुगेका १९ हजार हेक्टरमध्ये सात हजार पाँच सय हेक्टर जमिनमा सरकारी लगानी र अन्य […]

कर्णालीमा ३९ प्रतिशत रोपाइँ, सिँचाइका लागि आकाशकै भर

निर्देशक रोकायाका अनुसार ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा मात्र वर्ष भरी सिँचाइ सुविधा पुग्ने गरेको छ भने ३० हजार तीन सय दुई हेक्टर क्षेत्रफल जमिनमा आंशिक रुपमा सिँचाइ सुविधा उपलब्ध छ ।

चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा

तनहुँ, २५ वैशाख । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चार सय ४५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याएको छ । आर्थिक वर्ष २०७८/७९ मा तीन सय ४० र चालु आवमा एक सय पाँच हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याइएको हो । सत्तरी हेक्टर नयाँ कमाण्ड क्षेत्र विस्तार गरी उक्त क्षेत्रफलमा सिँचाइ योजना सम्पन्नपश्चात् समुदायलाई हस्तान्तरण गरिसकेको […]

नुवाकोटमा एक हजार छ सय हेक्टरमा सिंचाइ सुविधा विस्तार

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय नुवाकोटले एक वर्षमा एक हजार छ सय हेक्टर खेतीयोग्य भूमिमा सिंचाइ सुविधा विस्तार गरेको छ। नुवाकोटमा सिंचाइ कुलो, नदी नियन्त्रण र बस्ती संरक्षण तथा ऊर्जासम्बन्धी...

नुवाकोटमा एक हजार छ सय हेक्टरमा सिँचाइ सुविधा

काठमाडौँ,१३ साउन । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले एक वर्षमा एक हजार छ सय हेक्टर खेतीयोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गरेको छ । नुवाकोटमा सिँचाइ कुलो, नदी नियन्त्रण र बस्ती संरक्षण तथा ऊर्जासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको डिभिजन कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा सो बाझो भूमिमा सिँचाइ सुविधा विस्तार गरेको डिभिजन प्रमुख हरिप्रसाद […]

एक वर्षमा नुवाकोटको एक हजार छ सय हेक्टरमा सिँचाइ सुविधा

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले एक वर्षमा एक हजार छ सय हेक्टर खेतीयोग्य भूमिमा सिँचाइ सुविधा विस्तार गरेको छ ।नुवाकोटमा सिँचाइ कुलो, नदी नियन्त्रण र बस्ती संरक्षण तथा ऊर्जासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको डिभिजन कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सो बाझो भूमिमा सिँचाइ सुविधा विस्तार गरेको डिभिजन प्रमुख हरिप्रसाद गुरागाईंले जानकारी दिए । खेतीयोग्य उर्वर भूमि भएर पनि हालसम्म सिँचाइ नपुगेको दुई सय हेक्टरमा नयाँ योजनामार्फत र यसअघि निर्माण गरिएको भए पनि जीर्ण बनेका कुलोलाई सुद

१५ लाख १२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्यो

२०७८ फागुनसम्म १५ लाख १२ हजार ४ सय ३२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म संघ अन्तर्गत सञ्चालित कार्यक्रमबाट सतह सिँचाइ २,८९५ हेक्टर तथा भूमिगत सिँचाइ ११० हेक्टर गरी कुल ३,००५ हेक्टर सिञ्चित क्षेत्र थप भएको हो । २०७८ असारसम्म कुल १५ लाख ९ हजार ४ सय २७ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको थियो।जलउत्पन्न प्रकोप नियन्त्रणको लागि आर्थिक वर्ष २०७७/७८ मा ७७ कि.मि. तटबन्ध निर्माण भई ८५३ हेक्टर जग्गा उकास गरिएको थियो भने आर्थिक वर्ष २०७८/७९ को प्रथ

रसुवामा एक वर्षमा ४ सय हेक्टर क्षेत्रमा सिँचाइ विस्तार

रसुवा – रसुवामा एक वर्षमा ४ सय हेक्टरभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याइएको छ । आर्थिक वर्ष २०७७/७८ मा ४ सय ८० हेक्टर क्षेत्रमा सिँचाइ विस्तार गरिएको हो । जलस्रोत तथा सिँचाइ विकास सब–डिभिजन कार्यालय रसुवाका अनुसार नयाँ योजनाबाट ३ सय ७५ हेक्टर र सिंचित क्षेत्रफल सुदृढीकरण कार्यक्रमबाट १ सय ५ हेक्टर थप भएको छ । २०७५ साल भन्दा अगाडि जिल्लामा ३ सय हेक्टर क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको थियो । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि अहिलेसम्म ७ सय १३ हेक्टर सिँचाइ निर्माण तथा विस्तार गरेको...

२९ हजार ४ सय हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्‍याइने

जेठ १६, काठमाडौं । आगामी आर्थिक वर्षमा २९ हजार ४ सय हेक्टर कृषि योग्य जमीनमा सिँचाइ सुविधा विस्तार गर्ने सरकारको लक्ष्य छ । शनिवार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले सिक्टा सिँचाइ आयोजनाको सम्पूर्ण काम आगामी २ वर्षभित्र सम्पन्न गर्नेगरी काम भइरहेको र यसका लागि १ अर्ब ५६ करोड बजेट विनियोजन गरिएको बताए । उनका अनुसार आगामी ३ वर्षभित्र रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सम्पूर्ण काम सम्पन्न गरी २० हजार ३ सय हेक्टर जमीनमा सिँचाई सुविधा पुर्‍याइने लक्ष्य सरकारले लिएको छ । यस्तै आयोजना अन्तर्गतको विद्युत् गृहबाट ४ दशमलव ७ मेगावाट विद्युत उत्पादन गर्नका लागि २ अर्ब ३५ करोड रकम छुट्यायाइएको छ । सरकारले महाकाकली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गतको काम सम्पन्न गर्न १ अर्ब ४४ करोड, निर्माणाधीन भेरी बबई पथान्तरण आगामी आर्थिकवर्ष सम्पन्न गर्ने र बाँके र बर्दियाका थप १५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्दै ४८ मेगावाट विद्युत् गृह निर्माण सम्पन्न गर्ने बताइएको छ । त्यसैगरी सरकारले आगामी आर्थिक वर्षका लागि भूमि सम्बन्धी समस्या समाधान आयोग मार्फत भूमिहीन, सुकुमबासी, पूर्वकमलरी, पूर्वकमैया हरुवा चरुवाको लगत संकलन नक्सांकन र अभिलेख कार्य सम्पन्न गर्दै आगामी वर्षभित्र जग्गाधनी पुर्जा उपलब्ध गराउन ६८ करोड बजेटको व्यवस्था गरिएको छ । स्थानीय तह र नेपाल सरकारको सहलगानीमा ७ ओटै प्रदेशमा भूमि बैंकका ५०ओटा शाखा खोल्ने सरकारको योजना छ । त्यसैगरी भूसूचना संकलनलाई निरन्तरता दिँदै आगामी वर्ष मेचीदेखि नारायणीसम्म तराईका १५ हजार वर्ग किलोमिटर क्षेत्रको नाप नक्सांकन कार्य सम्पन्न गर्न ४३ करोड रुपैयाँ बजेट सरकारले विनियोजन गरेको छ ।