मेलुङ गाउँपालिका ७ को दुई बस्तीमा सिँचाइ सुविधा पुग्याे, बाह्रै महिना प्रयोग गर्न पाइने

दोलखा – दोलखाको मेलुङ गाउँपालिका ७ को दुई बस्तीमा १२ महिना नै प्रयोग गर्न पाउने गरी सिँचाइ सुविधा पुगेको छ । मेलुङ ७ को ज्यामिरे ध्रुवेडाँडा र ठाडीपैरी सोह्रबिसे बस्तीमा सिँचाइ सुविधा पुग्दा डेढ सयभन्दा बढी किसान प्रत्यक्ष लाभान्वित भएका छन् ।  तामाकोशी नदीबाट लिफ्ट गरी यस बस्तीमा सिँचाइ सुविधा पुर्‍याइएकाे मेलुङ गाउँपालिका ७ का वडाध्यक्ष नवराज खड्काले जानकारी दिनुभयो । यस सिँचाइ आयोजनाले पाँच सय रोपनीभन्दा बढी जमिन सिञ्चित हुनेछ ।   सिँचाइका लागि बस्तीमा पुर्‍याइएकाे पानी...