रसुवा – रसुवामा एक वर्षमा ४ सय हेक्टरभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा पुर्याइएको छ । आर्थिक वर्ष २०७७/७८ मा ४ सय ८० हेक्टर क्षेत्रमा सिँचाइ विस्तार गरिएको हो ।
जलस्रोत तथा सिँचाइ विकास सब–डिभिजन कार्यालय रसुवाका अनुसार नयाँ योजनाबाट ३ सय ७५ हेक्टर र सिंचित क्षेत्रफल सुदृढीकरण कार्यक्रमबाट १ सय ५ हेक्टर थप भएको छ ।
२०७५ साल भन्दा अगाडि जिल्लामा ३ सय हेक्टर क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको थियो । वाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि अहिलेसम्म ७ सय १३ हेक्टर सिँचाइ निर्माण तथा विस्तार गरेको...