१५ लाख १२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्यो

२०७८ फागुनसम्म १५ लाख १२ हजार ४ सय ३२ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ।अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म संघ अन्तर्गत सञ्चालित कार्यक्रमबाट सतह सिँचाइ २,८९५ हेक्टर तथा भूमिगत सिँचाइ ११० हेक्टर गरी कुल ३,००५ हेक्टर सिञ्चित क्षेत्र थप भएको हो । २०७८ असारसम्म कुल १५ लाख ९ हजार ४ सय २७ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको थियो।जलउत्पन्न प्रकोप नियन्त्रणको लागि आर्थिक वर्ष २०७७/७८ मा ७७ कि.मि. तटबन्ध निर्माण भई ८५३ हेक्टर जग्गा उकास गरिएको थियो भने आर्थिक वर्ष २०७८/७९ को प्रथ

सम्बन्धित सामग्री

राष्ट्रिय कृषि गणना २०७८ : सुदूरपश्चिम प्रदेशको तथाङ्क सार्वजनिक

गोदावरी : राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय कृषि गणना, २०७८ को सुदूरपश्चिम प्रदेशको तथ्याङ्क सार्वजनिक गरेको छ।धनगढीमा आज (शुक्रवार) आयोजित नतिजा सार्वजनिक कार्यक्रममा कृषि गणना, २०७८ अनुसार सुदूरपश्चिममा ४ लाख ५७ हजार ७५६ किसान परिवारले १ लाख ९२ हजार ८८५ हेक्टरमा खेती गरेको जानकारी दिइएको छ।नेपालमा कुल सिञ्चित क्षेत्रफल ५४ दशमलव ५ प्रतिशत देखिएकामा सुदूरपश्चिममा ६० प्रतिशत सिँचाइ सुविधा उपलब्ध भएको जनाइएको छ।नेपालमा सिँचाइ सुविधा लिएका परिवार ७० प्रतिशत देखिएकामा सुदूरपश्चिममा ७६ प्रतिशत

गण्डकी प्रदेशको ६६ हजार हेक्टरमा बाह्रैमास सिंचाइ

गण्डकी : गण्डकी प्रदेशको ६६ हजार पाँच सय ६७ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगेको छ। कूल चार लाख ८७ हजार पाँच सय ७८ खेतीयोग्य जमिनमध्ये १३ दशमलब ६५ प्रतिशत क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुगेको हो।ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७४/७५ सम्म ६१ हजार आठ सय ५९ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगेकामा पछिल्ला पाँच वर्षमा थप चार हजार सात सय आठ हेक्टरमा सिँचाइ विस्तार भएको हो। गत आवमा मात्रै आठ सय ९५ हेक्टर सिञ्चित क्षेत्र थपिएको मन्त्रालयको योजना महाशाखा

गण्डकी प्रदेशको ६६ हजार हेक्टरमा बाह्रैमास सिँचाइ

गण्डकी प्रदेशको ६६ हजार पाँच सय ६७ हेक्टर जमिनमा बाह्रैमास सिँचाइ सुविधा पुगेको छ । कुल चार लाख ८७ हजार पाँच सय ७८ खेतीयोग्य जमिनमध्ये १३ दशमलब ६५ प्रतिशत क्षेत्रफलमा बाह्रैमास सिँचाइ सुविधा पुगेको हो ।

कर्णालीमा १५ प्रतिशत जमिनमा मात्र सिँचाइ

कर्णालीको कुल खेतीयोग्य जमिनको १५ प्रतिशत भागमा मात्र १२ महिना सिँचाइ सुविधा पुगेको तथ्यांक सार्वजनिक भएको छ । २ लाख ८७ हजार ९६२ हेक्टर कृषियोग्य जमिनमा १२ महिना १५.५ अर्थात १५ हजार २२८ हेक्टरमा मात्र वर्षभरी सिँचाइ वर्षभरी पुग्ने भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्रालयका योजना महाशाखाका प्रमुख गोपाल शर्माले जानकारी दिए । प्रदेश भरी […]

खेती गरिएकोमध्ये ४२ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा

गत वर्ष मुलुकभर कुल खेती गरिएको क्षेत्रफलमध्ये ४२ प्रतिशत जग्गामा मात्रै सिँचाइ सुविधा पुगेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन ०७८/०७९को वार्षिक प्रतिवेदन अनुसार गत वर्ष मुलुकभर २९ लाख १७ हजार ४०२ हेक्टर जमिनमा मात्रै खेती गरेको थियाे । त्यसमध्ये १२ लाख २६ हजार ५५६ हेक्टर जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल खन्न सुरु

काठमाडौं। सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु गरिएको छ। यस आयोजनाबाट मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिन वर्षैभरी सिँचाइ सुविधा पुग्ने र ३१.७ मेगावाट बिजुली उत्पादन हुने उर्जा मन्त्री पम्फा भुसाले बताएकी छन्। ठेकेदार कम्पनी चाइना ओभरसिज कन्स्ट्रक्सनले दुई वर्षभित्र आयोजनाको निर्माणकाम सक्ने बताएको छ।

नवलपरासीमा ७०० बिघा जमिनमा सिँचाइ पुर्‍याइने

परासी । सात सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुर्‍याउने गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजनाको निर्माण सुरुआत भएको छ । सिँचाइका लागि आकाशे पानी तथा बोरिङको भर पर्दै आएका उक्त क्षेत्रका कृषक आयोजना निर्माण सुरु भएपछि हर्षित छन् । लुम्बिनी प्रदेश सरकारले रु बीस करोड २३ लाख ३७ हजार लागत […]

पक्की कुलोबाट सिँचाइ सुविधा

रोल्पा । रोल्पाको सुनीलस्मृति गाउँपालिका–६ दलंगामा पक्की कुलोबाट सिँचाइ सुविधा पुर्‍याइएको छ । कच्ची कुलोका कारण वर्षेनि सिँचाइमा समस्या भोग्दै आएका दलंगा गाउँका ४६ घरधुरीले अहिले पक्की कुलोबाट सहजै सिँचाइ सुविधा पाएका छन् । पहाडी साना किसानका लागि अनुकूलन आयोजनाको सहयोगमा तीनुधारा साउराखोला सिँचाइ कुलो योजना निर्माण भएपछि दलंगा गाउँको १२० रोपनी जग्गामा सिँचाइ सुविधा पुगेको हो । सिँचाइ सुविधा पुगेसँगै अब कृषि जन्य वस्तुको उत्पादनमा वृद्धि हुने स्थानीय परमबहादुर थापाले बताए । ‘कच्ची कुलो हुँदा चुहिने समस्या थियो,’ थापाले भने, ‘अहिले प्रशस्त पानी पुगेको छ ।’ कुल ६ लाख २३ हजार लागतमा सिँचाइ योजना निर्माण सम्पन्न भएको हो । आयोजनाले सिँचाइ कुलो निर्माणसँगै व्यावसाियक कृषिका लागि विभिन्न सहयोग पनि गर्दै आएको छ पहाडी साना किसानका लागि अनुकूलन आयोजनाका सामाजिक परिचालक बमकुमारी सुवेदीले बताइन् । ‘हामीले व्यावसायिक कृषिमा लाग्नेहरूलाई नगद अनुदान, तालीम, प्राविधिक सहयोग र प्रविधि सहयोग गरेका छौं,’ सुवेदीले भने । सिँचाइ कुलो निर्माण भएसँगै यो गाउँमा अबदेखि बाह्रै महीना बेमौसमी तरकारीखेती गर्न सकिने भएको छ ।

सुनकोसी–मरिन डाइभर्सन : एक लाख ८५ हजार बिघा जग्गामा सिँचाइ

यो आयोजना सम्पन्न भएसँगै एक लाख ८५ हजार बिघा जग्गामा सिँचाइ सुविधा पुग्नेछ, मधेशका फाँट हराभरा हुनेछन् । आयोजनाले ३१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष लिएको छ ।

४४ प्रतिशत खेतीयोग्य जमिन सिँचाइबाट वञ्चित

काठमाडौं । सरकारले सिँचाइमार्फत रोगजारी सिर्जना गर्ने महŒवाकांक्षी योजना ल्याए पनि कृषियोग्य जमिनको ४४ प्रतिशत क्षेत्रफलमा अझै सिँचाइ सुविधा पुगेको छैन । हालसम्म कुल २६ लाख ४१ हजार हेक्टर कृषियोग्य जमिनको ५६ प्रतिशत अर्थात (१४ लाख ७९ हजार) हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा पुगेको हो । ११ लाख ६२ हजार हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा …