काठमाण्डाै - निर्वाचन आयोगले प्रत्यक्षतर्फ कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन निर्देशन दिए पनि दलहरुले यसको बेवास्ता गरेका छन् । प्रतिनिधि सभाको प्रत्यक्ष चुनावका लागि हिजो भएको मनोनयनमा ९ प्रतिशत मात्रै महिला उम्मेदवारी परेको छ ।
एमालेबाट ११, माओवादी केन्द्रबाट ७, कांग्रेसबाट ५ तथा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र राप्रपाबाट एक/एक जनाको मात्रै उम्मेदवारी परेको छ । दलहरुले समानुपातिकबाट मात्रै महिलालाई ठाउँ दिने गरेको भन्दै यसपटक सबै दलका महिला नेतृहरुले प्रत्यक्ष चुनावमै महिलाको प्रतिनिधित्व बढाउन माग गरेका...